नेभिगेशन
कला/शैली

रुपन्देही सामाजिक संजालद्वारा रक्तदान

सिड्नी ,मार्च २१ । रुपन्देही सामाजिक सञ्जालको आयोजना र नेप्लिज ब्लड डोनर्स एसोशियसन अष्ट्रेलियाको सहकार्यमा यहि मार्च १९ तारिखमा रक्तदान कार्यक्रम सम्पन भएको । सिड्नीको लाईफ हन्टर सिट्रिट डोनर सेन्टरमा भएको सो रक्तदान कार्यक्रममा ३ जनाले प्लाज्मा र १० जनाले रगत दान गरेको सो सस्थाले जनाएको छ । प्लाज्मा दान गर्नेहरुमा सज्जन उप्रेती, विष्णु हमाल र भूपाल सिटौला थिए भने पदम अधिकारी, प्रदिप खनाल,विशाल भण्डारी, रञ्जिता भण्डारी, ज्योती खड्का, दिलिप खड्का, राजेश तिमल्सिना, मुक्ती पोख्रेल, बासु खरेल ,बिक्रम खरेलले रक्तदान गरेका थिए । आयोजक सस्थाका अध्यक्ष मुक्तिराम पोख्रेलको अध्यक्षता सम्पन्न सो कार्यक्रममा सञ्जालका सचिव रवि केसीले स्वागत तथा कार्यक्रमको उद्देस्यका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा फेन्काका उपाध्यक्ष विष्णु हमाल, अन्तराष्ट्रि नेपाली रक्तदाता संघका केन्द्रीय सदस्य विनोद मैनाली, नेपाली रक्तदाता संघ अष्ट्रेलियाका अध्यक्ष भूपाल सिटौला, सञ्जालका संरक्षक राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे, सल्लाहकार डा. प्रकाश पौडेल लगाएतले आ आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन सञ्जालका महासचिव रञ्जिता भण्डारीले गरेकी थिइन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्