नेभिगेशन
LEADING_MAIN

आउदो शनिबार मेरिल्यान्ड पार्कमा होली मेला

रकडेल ब्वाइज र कमेरो इभेन्ट्सको आयोजनामा यही आउदो शनिबार सिड्नी होली फेस्टिबल आयोजना हुने भएको छ । होली मेला मार्च १९ तारिखका दिन सिड्नीको मेरिल्याण्डस पार्कमा आयोजना हुन लागेको हो । सिड्नी होली फेस्टिबलमा नेपाली गीत संगीत क्षेत्रका हस्तीहरू कालीप्रसाद बांसकोटा ,प्रकाश सपुत, ओशिन सिटौला , सुशान्त ठुले र डिजे नटकेस लगायतका कालाकर्मीहरूले बिभिन्न प्रस्तुतिहरू प्रस्तुत हुने आयोजक समितीका सीतल खाँडले बताए । करिब दुई बर्षपछी सिडनीमा हुन लागेको यो कार्यक्रमबाट सिड्नीबासी नेपालीहरूले भरपूर मनोरन्जन प्राप्त गर्न सक्ने उनले सुनाए । प्रबासमा रहनु हुने नेपालीहरूलाई एउटै थलोमा जमघट गराएर आपसी माया र सदभाब साट्नुका साथै नेपाली संस्ृकतीको जर्गेना गर्नु कार्यक्रमको उद्देश्य हो, आयोजक रकडेल व्बाइजका सीतलले सुनाए । हिमाअस एजुकेशन मुख्य प्रायोजक रहेको सिड्नी होली मेला सम्पुर्ण नेपालीको चाड भएकोले सहभागीताको लागि समेत उनले आग्रह गरेका छन । नेपाली रिती रिवाज र परम्परालाई बिदेशमा रहने नया पुस्तामा समेत हस्तान्तरण हुने हुनाले यस्ता पर्वहरु निकै महत्वपुर्ण रहेको मुख्य आयोजक हिमाअसका कार्यकारी निर्देशक राजमान थकालीलले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्