नेभिगेशन
नेपाल समाचार

क्यानबेरामा नारी दिवस मनाइयो ( फोटो फिचर )

सिड्नी । अन्तरास्ट्रिय नारी दिवसको अवसरमा क्यानबेरा स्थित नेपाली दुतावासमा एक कार्यक्रमको आयोजना गरियो । कार्यक्रक्रममा अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदुत द्रुपदा सापकोटा , क्यानबेरा स्थित नेपालि समुदायका महिला अगुवा हरुको सहभागिता रहेको थियो । एक सय बाह्रौ अन्तरास्ट्रिय नारि दिवसकै अवसर पारेर नारि निकुञ्ज अस्ट्रेलियाले सिड्नीको रक्डेलस्थित इन्द्रेणी फंसन सेन्टरमा यहि मार्च ६ तारिख आइतबारका दिन एक च्यारिटी कार्यक्रम गर्यो । कार्यक्रममा कार्यबाहक राजदुत द्रुपदा सापकोटा ,एन एस डब्लुका बाणिज्य दुत दीपक खड्का एन आर एन ए अस्ट्रेलिया का प्रतिनिधि ,नारि निकुञ्ज अस्ट्रेलिया का पदाधिकारी एबम सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । च्यारिटी कार्यक्रमबाट उठेको रकम नेपालको दुर्गम भेगका क्यान्सर पिडित महिलाहरुको उपचारमा खर्च गरिने बताएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्