नेभिगेशन
LEADING_MAIN

दिनेश जोशी ओसेनिया संयोजकको उम्मेदवार

अभिमान सीङ बस्नेत सचिबमा भिडने गैर आवासिय नेपाली संघको आगामी मार्च २१(२३ देखि सुुरु हुने साधारणसभामा नेतृत्वको दाबेदारी धमाधम सार्वजनिक हुन थालेको छ । केन्द्रिय नेतृत्वको लागि धमाधम उमेदबारी दर्ता हुदै गर्दा क्षेत्रीयस्तरमा पनि निकै बलियो प्रतिस्पर्धा हुने देखिएको छ । यसैक्रममा अस्ट्रेलिया न्यजिल्यान्ड र पपुवा न्युगीनी सम्मीलित ओसेनिया क्षेत्रको संयोजकमा सीड्नीका युवा अभियन्ता तथा जनसम्पर्क समितीका संस्थापक दिनेशराज जोशीले उमेदबराी दर्ता गराएका छन । यस्तै केन्द्रिय सचिबमा ब्रिजेबनका अभियन्ता अभिमानसिंङ बस्नेतले उमेदबारी दिएका छन । एनआरएन अभियानमा देखिएको बिवाद उत्कृष्ट मोडमा पुग्दै गर्दा पनि यस संस्थामा उमेदबारी दिनेहरुको भिड निकै बढेको छ । क्षेत्रीय संयोजकमा पर्थका दिपक शर्माले समेत उमेदबारी दिएको फेसबुक मार्फत सर्वाजनिक गरेका छन । कुनै पनि संस्था भित्र देखिएको बिृकती र बिसंगती हटाउन संस्था भित्रै रहेर सुधार गरे मात्र सम्भव हुन्छ भन्ने हाम्रो मान्यता हो र त्यसैका लागि पनि मेरो उमेदबारी हो, क्षेत्रीय संयोजकका उमेदबार दिनेश जोशीले बताए । दुइ दशकको अस्ट्रेलिया बसाइमा एनआरएनका बिभिन्न पदमा रही परोपकारी अभियानमा सहभागि भैसकेका जोशी प्रतिस्पर्धाले नै संस्थालाई बलियो बनाउने तर्क गर्छन । प्रतिस्पर्धानै प्रजातन्त्रको मुटु भएकोले संस्थाको गतिशिलताको लागि यो महत्वपुर्ण भएको उनले बताए । जोशी यस अघिको आइसीसीको निर्वाचनमा मात्र दुइ भोटले पराजित भएका थिए । उनी नेपाली कांग्रेशको भगिनी संस्था जन सम्पर्क समितीको संस्थापक समेत हुन । सचिबमा दाबेदारी दिएका अभिानले भने एनआरएन जस्तो बिस बर्षको इतिहास बोकेको एनआरएनलाई टुक्राउने होइन एक भएर जानुपर्छ भन्ने शन्देश आफ्नो उमेदबारी मार्फत दिएको उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्