नेभिगेशन
LEADING_MAIN

झापाली समाज अस्ट्रेलियाको नया नेतृत्व चयन

झापाली समाज अस्ट्रेलियाको साधारणसभाले निरन्जन प्रशाइको अध्यक्षतामा नया कार्य समिती चयन गरेको छ । नव निर्वाचित कार्य समितीको उपाध्यक्षमा निरज खतिवडार शुसान्त ओली निर्विरोध निर्वाचित भए । यस्तै समाजको सचिबमा तिर्थराज कार्की तथा सहचिवमा प्रकाश पौडेल चयन भएका छन । समाजको कोषाध्यक्षमा नादन क्षेत्री तथा सदस्यहरुमा भिक्टोरियावाट राजु भेटुवाल तथा अमित श्रेष्ठ,अशोक ओली, ज्योती सिटौला,मुक्ती वन र ऋषीराज दाहाल निर्वाचित भएका छन । सीडनीमा आयोजित एक कार्यक्रममा निर्वाचन समितीकोतर्फवाट आयुक्त राजन सिटौला र सदस्य अजय राजवंशीले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपीनियताको सपथ ख्वाएका थिए । कार्यक्रममा निर्वतमान अध्यक्ष उमेश पोखरेलले कोभिडको माहामारीका बिचपनि समाजले पछिल्लो कार्यकालमा गरेको उल्लेख्य गतिविधीको बारेमा उल्लेख गरेका थिए । कार्यक्रममा शुभकामना प्रदान गर्दै एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले क्षेत्रीय तथा भेगिय संस्थाहरुको आवश्यकता र महत्व बढेको बताउदै झापाली समाजले अस्ट्रेलियामा उदाहरणीय कार्य गरेको बताए । यस्तै एनआरएन अस्ट्रेलीयाका उपाध्यक्ष देब गुरुङले झापाली समाजको समाजिक सेवावाट आफुपनि प्रभावित भएको बताए । गुरुङले एनआरएनको पदाधिकारी बैठकवाट पारीत भएको सदस्यता शुल्क तिर्ने निर्णयलाई लत्याउदै केहि व्यक्तीले आफ्नो स्वार्थमा संस्थालाई बदनाम पारेको आरोप समेत लगाए । यस्तै कार्यक्रममा झापाली समाजका परिकल्पनाकार भवानी ओली पुर्व अन्तरािष्ट्रय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल,एनआरएनका पुर्व ओसेनिया संयोजक धर्म अधिकारी, अभियन्ता रमेश पाण्डे एनआरएनका उपाध्यक्ष मन केसी लगायतले नव निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना प्रदान गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्