नेभिगेशन
LEADING_MAIN

सीड्नीमा नेप्लीज अस्ट्रेलियन अन्तरसंस्कृती एकता दिवस हुने

कृष्ण तिवारी नेपाली कला,संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजना तथा एनआरएन एनएसडब्लु राज्य समिती तथा अस्ट्रेलियन सरकारको सहयोगमा यही आउदो २४ अप्रीलमा सीड्नीमा नेप्लीज अस्ट्रेलियन अन्तरसंस्कृती एकता दिवस आयोजना हुने भएको छ । विविध संस्कृतीको धनी नेपाली समुदायको आफ्नै विविध कला, संस्कृतीलाई अस्ट्रेलियन भुमिमा पनि अन्य समुदायहरुले नजिकवाट नियाल्न पाउन भन्ने कार्यक्रमको मुख्य उद्देस्य रहेको आयोजक नेपाली कला,संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया अध्यक्ष सुजाता बस्नेतले बताइन । नेपालमा छरिएर रहेका विविध सांस्कृतीक कार्यक्रमसँंगै अन्य मुलुक भारत, चिन, ब्राजिल र कर्मथलो अस्ट्रेलियाको आदिवासीहरुको विविध कला संस्कृतीसँंग जोड्ने प्रयास स्वरुप पनि यो कार्यक्रम आयोजना गरिएको सीडनीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बस्नेतले जानकारी दिइन । सीडनीको पीटरशाम हलमा आयोजना हुने कार्यक्रममा करिब १५ वटा विविध नेपाली कला संस्कृती झल्काउने नृत्य तथा नाटक र अन्य मुलुकहरुको विविध सांस्कृतीक कार्यक्रम समेटिने कार्यक्रम संयोजक तथा प्रोजेक्ट व्यबस्थापक सीमा रोसीले जानकारी दिइन । कार्यक्रममा नेपाली कला संस्कृती झल्काउने तमु, नेवारी, थकाली, किराँंत , मगर, लिम्बु लगायतको नेपाली पहिचान झल्कने नृत्य तथा चिनिया , भारतिय, ब्राजिलियन, एबोरजिनल तथा अन्य समुदायको पनि सहभागिता रहने संयोजक रोसीले बताइन । कार्यक्रम आयोजनाको लागि नेपाली कला,संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको अध्यक्ष सुजाता बस्नेत र कार्यक्रम संयोजक सीमा रोसी तथा एनआरएन एनएसडब्लुकातर्फवाट संयोजक तथा उपाध्यक्ष देब गुरुङ तथा सह सचिव राकेश श्रेष्ठसम्मीलीत मुल आयोजक समिती गठन गरिएको छ । नेपाली कला संस्कृती जोगाउने यस आयोजनाका लागि मल्टीकल्चर एनएसडब्लुकोतर्फवाट दश हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग भएको कुरा संयोजक सीमा रोसीले जानकारी दिइन । अस्ट्रेलिया जस्तो बुहसांस्कृतीक मुलकमा बसोबास गर्दै आएका हामी नेपालीहरुले यहा रहेका अन्य समुदायहरुसँंग एकअर्काको साझा मुल्य र मान्यतालाई सम्मान गर्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने एनआरएनका उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजक देब गुरुङले बताए । अन्तर समुदायबिचका अन्तरक्रिया र कला संस्कृती आदान प्रदानले हाम्रो समाजलाई पनि बलियो बनाउने हुनाले सबैको सहभािगताको लागि उपाध्यक्ष गुरुङले आब्हान पनि गरे । नेपाली कला संस्कृतीका यस्ता खाले प्रस्तुती र सहभागिताले नया पुस्तालाई पनि जागरुक बनाउनुका साथै बहुसांस्कृतीक समुदायमा अलग पहिचान बनाउन समेत मद्दत पुग्ने प्रतिष्ठानका सह उपाध्यक्ष जोन श्रेष्ठले बताए । बहुसांस्कृतीक समुदायमा अन्य समुदायको कला,संस्कृती बुझने मौका पाउनुका साथै अन्य समुदायसँंग सम्वन्ध बिस्तारको संभावना पनि बढने र यसले हाम्रो समाजको दायरा फराकिलो हुने बिश्वास लिएको प्रतिष्ठानकी सदस्य कुमारी गुरुङले बताइन । भानु जयन्ती , तिज कार्यक्रम र प्रवासी पाइलाजस्ता नेपाली कला संस्कृतीको पहिचानमुलक कार्यक्रम आयोजना गर्दै आएको यस संस्थाले आफुलाई एक कदम अगाडि सारेर मल्टीकल्चर एनएसडब्लुको आर्थिक सहयोगमा बहुसांस्कृतीक कार्यक्रम गर्नु आफैमा गौरवपुर्ण बिषय समेत भएको सामाजिक अभियन्ता राजु मानन्धरले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्