नेभिगेशन
LEADING_MAIN

पोखरा समाज अस्ट्रेलियाको अध्यक्षमा तारा गुरुङ

सिड्नी । कास्की जिल्ला घर भै अस्ट्रेलियामा बसोबास गर्दै आएका पोखरेलीहरुको साझा सस्था पोखरा समाज अस्ट्रेलियाको हालै सम्पन तेस्रो अधिबेशनले तारा गुरुङको अध्यक्षतामा सर्बसम्मतिले नया कार्यसमिति चयन गरेको छ । सिड्नीको रक्डेल स्थित रक्डेल पार्कमा सम्पन्न सो अधिबेशन तथा साधारण सभाले समाजको उपाध्यक्षत्रयमा सन्तोस आचार्य ,अर्जुन गुरुङ र हेउपति गुरुङ महासचिबमा प्रकास सुबेदी ,सचिबमा अनिल खड्का ,र कोसाध्यक्षमा ईश्वर पहारी रहेका छन् । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा प्रकास लामिछाने ,नबिन पौडेल ,सुवास गुरुङ ,सुदर्शन बराल ,शेरजंग गुरुङ,रबिन पुन ,बिजय आले ,अर्जुन न्यौपाने,नरेन गुरुङ ,लिलेन सिग्देल ,राजकुमार गुरुङ ,मोहन भण्डारी ,र जनदेश श्रेष्ठ रहेको सो सस्थाले जनाएको छ । अधिबेशन समारोहमा पोखरा समाज अस्ट्रेलियाका संरक्षक एबम् एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङले आफ्नो स्थापना कालदेखिनै सामाजिक एबं कल्याणकारी कार्य गर्दै आएको पोखरा समाज अस्ट्रेलियाले आगामी दिनमा पनि सामाजिक कार्यलाई अझ ब्यापक र प्रभावकारी बनाउने बिस्वास व्यक्त गरे । सो अवसरमा एनआरएनए एनएसडब्लु अस्ट्रेलियाका उप संयोजक सुकृति भट्ट ,नारी निकुञ्ज अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य संयोजक समिता गुरुङ र सन्तोस आचार्यले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सो अवसरमा सस्थाका निबर्तमान अध्यक्ष राजकुमार अधिकारीले आफ्नो कार्यकालमा सस्थाले गरेको बिबिध कार्यका बारेमा जानकारी दिएका थिए भने कोशाध्यक्ष इश्वर पहारीले आर्थिक प्रतिबेदन पेश गरेका थिए । कार्यक्रममा विभिन्न सामाजिक सस्थाका प्रतिनिधिहरु र पोखेरेली हरुको बाक्लो सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्