नेभिगेशन
नेपाल समाचार

सुरेश गुरुङ बने जनसम्पर्क समिती अस्ट्रेलियाका नया अध्यक्ष

नेपाली कांग्रेशको भातृ संगठनका रुपमा रहेको जनसम्पर्क समितीको अधिवेशनले सुरेश गुरुङको नेतृत्वमा नया कार्य समिती चयन गरेको छ । नव निर्वाचित कार्य समितीको उपाध्यक्षमा राजेश केसी र मनिषा अर्याल तथा महामन्त्रीमा रोहित खड्का र समित केसी तथा राज्य संयोजकहरुमा सीतल गीरी(न्यु साउथवेल्स)ललीत मल्ल(एसीटी)समिर खतिवडा , टेकनाथ सापकोटा,दिनेश अधिकारी तथा दिलीप खतिवडा रहेका छन । यस्तै नया कार्यसमितीको सहमहामन्त्रीहरुमा अचुत धमला, भुपेन्द्र कडेंल रहेका छन । यस्तै केन्द्रिय सदस्यहरुमा रुपराज मैनाली, बसन्त राज भट्ट, विकास कुमार झा, बिशाल पोखरेल, दिपक नेपाल, दिप्सन सापकोटा,क्षीतीज कार्की, मदन धौराली, मन्दीप केसी, निरज गुरुङ, रमेश छत्कुली, सीजन गीरी, श्याम गीरी तारा डांगी थान प्रशाद सुबेदी रहेका छन । नया कार्यसमितीका पदाधिकारीको पदस्थापन कार्यक्रममा नेपाली समुदायका अगुवाहरुले नव निर्वाचित पदाधिकारीहरुलाई वधाइ तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै एनआरएनका पुर्व अध्यक्ष गणेश केसीले नव निर्वाचित पदाधिकारीहरुको चयनले लामो समयदेखि अस्ट्रेलियामा देखिदै आएको विवादले निकास पाउने बिश्वास ब्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै जनसम्पकै समितीका संस्थापक दिनेशराज जोशीले ढिलै भएपनि नेतृत्व हस्तान्तरणले अस्ट्रेलियामा छरिएर विभिन्न गुट उपगुटमा बिभक्त भएका कांग्रेशीहरुलाई एकतामा वाध्ने बाटो खुलेको बताए । जोशीले प्रवासमा बिचारले बाधिएका एक हुल मनुवाबिचको आपसी मनमुटावले तिक्तता पैदा गर्दा पार्टीलाई समेत घाटा पुगेको बिचार ब्यक्त गरे । एनआरएन अस्ट्रेलियाकोतर्फवाट शुभकामना प्रदान गर्दै कोषाध्यक्ष अनिल पोखरेलले प्रवासमा छरिएर रहेका विविध समाजिक संघ संस्थाहरुसँंग एनआरएनले हातेमालो गरेर अगाडि बढनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा सामाजिक अभियन्ता तथा निर्वाचन समितीका सदस्य प्रेम सापकोटाले पार्टीले नया जिम्मेवारी दिएको र मान्यता समेत प्रदान गरेका कारण सबैलाई गुट उपगुट छाडेर गुरुङको कमिटीमा समाहित भएर अगाडि बढन आग्रह गरे । शैक्षिक परामर्शहरुको छाता संगठन एकाका अध्यक्ष भुपाल सिटौलाले नया कार्यसमितीका पदाधिकारीहरुलाई नया कार्यकालका लागि सफलताको शुभकामना प्रदान गरे । एकाका पुर्व अध्यक्ष निरज श्रेष्ठले बिचारलाई बैधानिक तबरले अगाडि बढाउन सबैलाई आग्रह गर्दै अबको तिन बर्ष गुरुङलाई सहयोग गर्न सबैलाई आब्हान गरे । कार्यक्रममा एनआरएनका पुर्व महासचिब ज्ञानेन्द्र रेग्मी ,सामाजिक अभियन्ताहरु सन्जिव शर्मा , टीएन अर्याल ,सुप्रीम गौतम, ग्रानभिल राइनोजका अध्यक्ष भिम बस्नेत लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा निर्वाचन समितीका संयोजक राज कुमार अधिकारीले निर्वाचन सफ बनाउन मद्दत गर्ने सबैलाई धन्यवाद प्रदान गरे । कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्ण गीरीले नव निर्वाचित अध्यक्ष सुरेश गुरुङलाई कागजपत्र हस्तान्तरण गरेका थिए । अध्यक्ष गुरुङले अस्ट्रेलियामा छरिएर रहेका कांग्रेशीजनलाई एउटै छातामुनी ल्याएर सबैको साझा चौतारी बनाउने आफ्नो अभियान रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्