नेभिगेशन
नेपाल समाचार

बोर्डर नखुलेको न्युजिल्यान्ड बिस्तारै सहज बन्दै

[caption id="attachment_12724" align="alignnone" width="300"] एसिया प्रशान्त क्षेत्रमा अष्ट्रेलियापछि लोकप्रीय बन्दै गएको न्युजिल्याण्डले कोरोनाका कारण लामो समयदेखि बन्द गरेको प्रतिवन्ध अबका दिनमा बिस्तारै खोल्ने योजना सार्वजनिक गरेको छ । करिब पाँंच हजार नेपाली विध्यार्थी न्युजिल्यान्डमा अध्यनरत रहेको तथ्यांकले बताउछ । राम्रो शैक्षिक गन्तव्य बन्दै आएको न्युजिल्यान्डले भने कोभिडका कारणले झण्डै २ वर्षदेखि सिमा बन्द गर्दै आएको छ । बिश्वमै कोरोनासँंगै लडिरहेको अन्य बिकसित मुलुकहरुको तुलनामा न्युजिल्यान्ड निकै सुरक्षीत बन्दै आएपनि सीमा खोल्ने बिषयमा भने कडाइ यथावत राखेको छ । जसका कारण पछिल्लो दुइ बर्षदेखि बिध्यार्थी,पर्यटक लगायत न्युजिल्यान्ड जान पाएका छैनन । न्युजिल्यान्ड सरकारले बिभिन्न पाँच चरणमा आफ्नो सिमा खोल्ने निर्णइ गरेको छ । जस अनुसार विदेशी विद्यार्थीका लागि आगामी अप्रीलमा ५ हजार र त्यसपछि अक्टोबरमा मात्रै सिमा खुल्ला हुने बताइएको छ । लामो समयदेखि विद्यार्थीहरु न्युजिल्यान्डको सीमा खोल्ने बिषयमा निकै आतुर थिए तर अहिले आएर भने एएटा मार्गचित्र आएको छ ,यसले केहि हदसम्म राहत दिएको छ , अकल्यान्डका नेपाली समाजका अगुवा बिनोद आचार्यले बताए । अस्ट्रेलिया,अमेरिका र बेलायतले अन्त्राष्ट्रीय विध्यार्थीहरुको लागि ढोका खुल्ला गरेता पनि न्युजिल्यान्डले बोर्डर समेत नखोल्दा यसको विरोध समेत सुरु भएको थियो । न्युजिल्यान्ड सरकारको नया योजना अन्तर््गत फब्रुअरी २७देखि पुर्ण खोप लगाएका न्युजिल्यान्ड र नागरिक र पीआरलाई अस्ट्रेलियावाट फर्कन दिइने छ भने मार्च १३ पछि संसारका पुर्ण खोप लगाएका नगारिक र पीआर लगायत दक्ष कामदारका लागि बोर्डर खोलीने छ । यस्तै अप्रील १२ पछि पाँंच हजार अन्तराष्ट्रीय विध्त्तयार्थीहरुलाई ल्याइने जसमा भिषा लगाएर बसेका तथा अडकेकाहरुलाई प्राथमिकता दिइने छ । जुलाई देखि अस्ट्रेलिया लगायतका भिषा नलाग्ने देशका नागरिकलाई न्युजिल्यान्ड प्रवेश खुल्ला गरिने छ भने यस बर्षको अक्टोबरमा अन्त्राष्ट्रीय विध्यार्थी तथा पर्यटक लगायत अन्य भिषामा रहेकाहरुलाई न्युजिल्यान्ड प्रवेश खुल्ला गरीने भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्