नेभिगेशन
खेलकुद

मृत्युको मुखबाट बाँचेका इरिक्सन प्रिमियर लिगमा

डिल्लीराज पाण्डेय १० नम्बरको जर्सी लगाएर डेनमार्कको राष्ट्रिय टिमको नेतृत्व गर्ने खेलाडी हुन क्रिष्टयन इरिक्सन । इरिक्सनको जीवनमा एकक्षण सास रोकियो तर इरिक्सनले हरेस खाएनन् । फुटबलले हरेस खाएन यसर्थ कि उनी फुटबल खेलाडी थिए । तर,मृत्युले भने हरेस खायो । हज्जारौं दर्शकहरूको प्रार्थना थियो कि इरिक्सनको जीवन सुरक्षित रहोस् । जीवनका खास मोड अथवा घटनाहरूमा मृत्युले समेत हरेस खाँदो रहेछ । १० नम्बरको जर्सीमा डेनमार्कको राष्ट्रिय टिमको नेतृत्व गर्ने क्रिष्टियन एरिक्सनको जीवनमा ठ्याक्कै त्यस्तै भयो । इरिक्सन युरोकपको पहिलो खेलमैं बेहोस भएर मैदानमा ढलेका थिए। त्यसबखत् डेनमार्कका खेलाडी तथा सिंगो फुटबल स्तब्ध बनेको थियो । बेहोस इरिक्सनका वरिपरि डेनिस खेलाडीहरू थिए । सबैका आँखा रसाएका थिए । एउटा महाविपत्ति, मानौं एउटा प्रलय आएको थियो । भनिन्छ, संकटको घडी नै साहसको घडी हो।रेफ्रि तथा खेलाडीहरूको महत्वपूर्ण भुमिका नै इरिक्सन बाँच्ने ढाडस बन्यो । रेफ्री तथा खेलाडीले सही निर्णय गरेकै कारण आज इरिक्सन जीवित छन् । चिकित्सकले समेत रेफ्रि अनि खेलाडीको प्रशंसा गरिरहेका थिए ।केही मिनेट मात्रै ढिलो भएको भए उनको मृत्युसमेत हुनसक्ने चिकित्सकको भनाइ थियो । इरिक्सनको उपचार भइरहेको थियो । उनी ठिक हुँदै थिए । तर उनी फुटबलको मैदानमा तत्काल देखिने छन् या छैनन् अन्योल कायमै थियो । कुशलताका लागि डेन मार्कको टिम,रेफ्रि लगायत चिकित्सकको टिमलाई फिफाले सम्मान गर्यो । २०२१ को युरो कप फुटबलमा समूह चरणमा फिनल्यान्डविरुद्धको खेल दौरान हृदयघात भएपछि डेनिस खेलाडीले पुनः खेलेका छैनन् । त्यस खेलमा हृदयघात भएपछि उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र अर्थात् आईसीडी जडान गरिएको छ । केही समयअघि एरिक्सनलाई उनको मूल क्लब मिलानले खुला गरेको थियो । सिरी ए कलबले उनको शरीरमा जडान गरेको इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर अर्थात्, आईसीडी नहटाएसम्म इटालीमा खेलाउन नपाउने भएपछि मिलानसँग उनको सम्झौता रद्द भएको थियो । त्यसपछि एरिक्सनलाई प्रिमियर लिगकै अर्को क्लब ब्रेन्टफोर्डले अनुबन्ध गरेको हो । तत्कालका लागि उनी यो सिजनको अन्त्यसम्मका लागि मात्रै त्यहाँ रहनेछन् । फेब्रुवरी १४ , १९९२ मा जन्मिएका एरिक्सन १८ बर्षको उमेरबाट ब्यवशायिक फुटबलको सुरूवात गरेका थिए ।पहिलो क्लब एजाक्स थियो । २०१३ मा ११ मिलियनमा टोटनहाम संग सम्झौता गरेका थिए । दुइ पटक क्लबको वर्ष खेलाडी भए । टोटनहामको तर्फबाट च्याम्पियन्स लिगको फ़ाइनल समेत खेले । २०२० इटालियन क्लब इन्टर मिलान गए जहाँ उनले सेरी ए उपाधि जिते । २०२२ मा ब्रेन्टफोर्डबाट खेल्दैछन् ।प्रिमियर लिग फुटबल शारीरिक रूपमा अलि कठिन मानिन्छ । आजको युग विज्ञानको युग । मानव, विज्ञान र प्रकृतिका विचको सुमधुर सम्बन्ध तथा यात्राले मात्र एक आपसको अस्तित्वको रक्षा गर्न सक्छ । महामारी,संकट या संभावित दुर्घटनाको जोखिमलाई किनारा लगाउन सबैले आ-आफ्नो अस्तित्वको सम्मान गर्न जरूरी छ । आज एरिक्सनको मात्र होइन संसारका करोडौं मानिसहरूको धड्कन यही विज्ञानका कारण धड्किरहेको छ । मृत्युको मुखबाट बाँच्न सफल एरिक्सनलाई जीवनको नयाँ चुनौतीका लागि शुभकामना !!!
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।