नेभिगेशन
LEADING_MAIN

रुपन्देही सामाजिक सन्जाल अस्ट्रेलियाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सिड्नी । रुपन्देही सामाजिक सन्जाल अस्ट्रेलियाले रुपन्देहीको सैनामैना नगरपालिका स्थित दुधराक्ष स्वास्थ्य चौकीलाई करिब दुई लाख पचास हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । स्वास्थ्य चौकिमा हालै आयोजित एक कार्यक्रमकाबिच सस्थाका तर्फबाट सन्जालका निबर्तमान अध्यक्ष ईश्वर पोखरेलले स्वास्थ्य चौकीलाई सेमिएनलाईजर मेसिन र त्यसका लागि आबस्यक पर्ने केमिकल हस्तान्तरण गरे । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की स्वास्थ्य चौकीका प्रमुख खगराज पोखरेल ,नगर स्वास्थ्य संयोजक हेमराज पन्थी , छ नम्बर वडाका वडाध्यक्ष बसन्त पाण्डे लगायतका बक्ताहरुले जिल्लाको सामाजिक ,स्वास्थ्य एबम् काल्याणकारी कार्यमा रुपन्देही सामाजिक सन्जालले पुर्याउदै आएको सहयोगको प्रसंसा गरे । सामाग्री हस्तान्तरण गर्दै सन्जालका निबर्तमान अध्यक्ष ईश्वर पोखरेलले आफु जन्मेको गाउठाउको सामाजिक र आर्थिक बिकास तथा स्वास्थ्य लगायतका क्षेत्रको सुधारका लागि सस्थाले आगामी दिनमा पनि सहयोगी भूमिका खेल्ने बताए । सो अवसरमा सस्थाका अध्यक्ष मुक्तिराम पोखरेल र उपाध्यक्ष दिवाकर काफ्लेले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । २०१५ मा स्थापना भएको रुपन्देही सामाजिक सन्जालले बिभिन्न कल्याणकारी कार्यको लागि हालसम्म झण्डै ३२ लाख रुपैया बराबरको सहयोग पुर्याएको सस्थाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्