नेभिगेशन
LEADING_MAIN

गुल्मी समाज अस्ट्रेलियाको अध्यक्षमा कमला बस्नेत

सिड्नी । गुल्मी समाज अस्ट्रेलियाको हालै सम्पन्न साधारण सभाले कमला बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । सिड्नीको टेम्पी पार्कमा १९ डिसेम्बर १९ तारिख आइतवारका दिन सम्पन्न सो साधारण सभाले उपाध्यक्षद्व्यमा चतुर्भुज खरेल र रमेश मरासिनीलाई चयन गरेको छ । त्यसैगरी सचिबमा युबराज भण्डारी ,कोषाध्यक्षमा बसन्त खरेल ,सदस्यहरुमा बिष्णु घिमिरे, कृष्ण खरेल, श्रीजना ज्ञवाली, कमल जिसी, अन्जु घिमिरे, प्रेम सापकोटा र प्रकाश खरेल रहेका छन् । सह-सचिव पदमा कार्यसमितीको वैठकबाट पछि मनोनित गरिने बताईएको छ । उक्त सधारण सभाले आगामी कार्यकाल २०२१-२३ का लागि सर्बसम्मत रुपमा नयाँ कार्यसमितीको चयन गरेको हो । नब निर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितीका संयोजक भिम खरेलले पद तथा गोपिनियताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा सस्थाका निबर्तमान अध्यक्षत श्याम केसीले आफ्नो कार्यकालमा सस्थाले अगाडि बढाएको कार्यलाई साथ र सहयोग गर्ने सबै प्रती धन्यवाद दिदै आगामी दिनमा पनि सस्थाको सामाजिक तथा कल्याणकारी कार्यमा आफ्नो सक्दो सहयोग र साथ रहने बताए । नेपाल न्यूज अस्ट्रेलियासँग कुरा गर्दै नबनिर्बाचित अध्यक्ष कमला बस्नेतले सस्थाको गरिमा र आदर्शलाई जिबन्त राख्दै सामाजिक कार्यलाई अगाडि बढाउन समाजका सबै पक्षसँग सहकार्य गरिने उल्लेख गरिन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्