नेभिगेशन
नेपाल समाचार

बन्जारा आइसानाको सचिबमा निर्विरोध

अष्ट्रेलियाको अन्तराष्ट्रिय शिक्षा क्षेत्र र अन्तराष्ट्रिय बिद्यार्थीहरूको बृहत्तर हितमा काम गर्ने संस्था इन्टरनेशनल इजुेकशन एशोसिएसन इंक (आईसाना)को सचिवमा सीड्नीमा बसोबास गर्दै आएका गोरखाका शिब बञ्जारा चयन भएका छन् । लामो समय देखि सीड्नी बस्दै आएका बञ्जारा उक्त संस्थाको समितिमा चयन हुने नेपाली मुलका पहिलो पदाधिकारी हुन् । सिड्नीमा सम्पन्न साधारण सभाले बन्जारालाई सचिव पदमा निर्विरोध चयन गरेको हो । युनिभर्सल थट कन्सलट सन्चालन गर्दै आएका बन्जाराले उक्त पदमा रहेर अन्तराष्ट्रियका बिद्यार्थीहरू र शिक्षा क्षेत्रको बृहत्तर हितको लागि महत्वपूणर् कार्य गर्ने बताए । उनले भने ‘नेपाली विध्यार्थीहरुको सवालमा विषेश प्राथमिकताका साथ सहयोग गर्ने प्रयासमा लाग्नेछु ।’ उक्त संस्थाको अध्यक्षमा युरोपियन मुलकी एनेट काल्काजिंस्का निर्बाचित भएकी छिन् । उनि सेन्ट्रल क्विन्जल्याण्ड युनिभर्सिटीमा कार्यरत छिन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्