नेभिगेशन
LEADING_MAIN

डिसेम्बर देखी अस्ट्रेलियाले विद्यार्थी ल्याउने

सिड्नी । कोभिड १९ का कारण अस्ट्रेलिया आउन नपाएका विद्यार्थीहरुलाई अस्ट्रेलियन सरकारले आउदो डिसेम्बरदेखी बोर्डर खुल्ला गरेको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मरिसनले आज पत्रकार सम्मेलन गरी सो कुराको सार्वजनिक गरेका हुन । प्रधानमन्त्री मरिसनले मान्यताप्राप्त खोप लगाएका र मापदण्ड पुरा गरेका अन्तरराष्ट्रिय विद्यार्थी र दक्ष कामदारलाई अस्ट्रेलियाको नाका खुल्ला गरेको प्रस्ट पारे । ८५ प्रतिशत अस्ट्रेलियनले कोभिड बिरुद्धको खोप लगाए पछी अस्ट्रेलियाले अस्ट्रेलिया प्रबेशलाई सहज बनाइेको हो । अब यो ब्यबस्था पछी विद्यार्थी स्किल माइग्रेसन ओर्किङ होलिडे लगायतका बिभिन्न २८ प्रकारका भिसा पाएका बिदेशी नागरिक हरु अस्ट्रेलिया आउन सक्ने छन् । भिसा पाएर पनि कोभिडका कारणले अस्ट्रेलिया आउन नपाएर कलेजको शुल्क तिर्दै अन लाइन क्लास लिइरहेका विद्यार्थीहरुको लागि सरकारको यो निर्णयले ठुलो राहत मिल्ने बिस्वास लिइेएको छ । अस्ट्राजेनेका ,जोन्सन एण्ड जोन्सन, मोडर्ना सहित भारतिय र चिनिया खोपको पुरा मात्रा लिएकाहरु आउन पाउने ब्यबस्था मिलाइेको छ । सरकारको यो घोषणासंगै करीब दुई लाख भिसा बाहक बिदेशीहरु अस्ट्रेलिया आउने छन् । खोपको मापदण्ड पुरा गरेका कोरियारी र जापनी नागरिक ले पनि डिसेम्बरदेखी अस्ट्रेलिया भ्रमण गर्न पाउने छन । केन्द्रिय सरकारको यो निर्णय पछी अस्ट्रेलिया आउने बिभिन्न देशका नागरिक हरुलाई क्वारेण्टिनमा बस्न पर्ने या नपर्ने भन्ने कुराको निर्णय समन्धित राज्य सरकारले अपनाउने नीतिमा भर पर्नेछ l
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्