नेभिगेशन
LEADING_MAIN

नेपालीद्वारा संचालित एड्भान्स कलेजलाई अवार्ड प्रदान

सिड्नी । बिगत आठ बर्षदेखी एज्ड केयर र डिस्याबिलिटि कोर्षको अध्यापन र तालिम दिदै आएको सिड्नीको बरुड स्थित एड्भान्स कलेजले “इनर वेष्ट लोकल बिजनेस अवार्ड २०२१ “ प्राप्त गरेको छ । एन एस ड्ब्लु राज्य सरकारका प्रतिनिधि , स्थानिय काउन्सिल ,न्युज च्यानल ,आयोजक सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बिभिन्न बिधामा फाइनालिस्ट भएका र उपाधी प्राप्त गरेका स्थानिय बिजनेसलाई नोभेम्बेर १७ तारिख बुधवार एक समारोहका बिच अवार्ड प्रदान गरियो । इनर वेष्ट क्षेत्रमा एजुकेसन सर्भिस दिदै आएका ६२ वटा एजुकेशन प्रोभाईडरहरुलाई उछिन्दै एड्भान्स कलेजले सो अवार्ड प्राप्त गरेको हो । अवार्ड प्राप्त गरेपछी कलेजका सिइओ पुष्पा अर्याल घिमिरेले विद्यार्थी कलेज म्यानेजमेण्ट तथा कर्मचारीहरुको बिशिस्ट योगदानका कारण हामीले यो सफलता प्राप्त गर्न सकेको बाताइन । उनिले आगामी दिनमा पनि विद्यार्थीलाई गुणस्तरीय र सीपमुलक एजुकेशन प्रदान गर्न आफुहरुको इमान्दार प्रयास हुने उल्लेख गरिन । सो कलेजले गत बर्ष पनि यो अवार्ड प्राप्त गरेको थियो । एज्ड केयर र डिस्याबिलिटि बिषयमा अध्यापन गराउदै आएको यो कलेजले विद्यार्थीहरुलाई समन्धित क्षेत्रमा रोजगारीको समेत अवसर प्रदान गर्दै आएको छ । अस्ट्रेलियामा एज्ड केयर ,नर्सिङ र डिस्याबिलिटिको क्षेत्र रोजगारी र आम्दानिको दृष्‍टिकोणले राम्रो मानिन्छ । यो क्षेत्रमा नेपाली विद्यार्थीहरुको लगाव बढ्दै गएको देखिंन्छ । बिशेषगरी नेपाली विद्यार्थीहरुको भावना र चाहनालाई केन्द्रमा राखेर एड्भान्स कलेजले सीपमुलक तालिम र गुणस्तरीय एजुकेशन दिदै आएको छ । संन् २०१९ देखी चाइल्ड केयर एजुकेशनको समेत अध्यापन र तालिम दिदै आएको यो कलेजको मुल उद्देस्य गुणस्तरीय एजुकेशन र तालिम दिएर योग्य जनशक्तिको उत्पादन गर्नु नै हो । केही बर्षदेखी कलेजले आफ्नै नर्सिङ एजेन्सी मार्फत् धेरैलाई नार्सिङ् क्षेत्रमा रोजगारी उपलब्ध गराउदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्