नेभिगेशन
LEADING_MAIN

एनएडिएफको बार्विक्यू कार्यक्रम सम्पन्न

सिड्नी । नेपालीहरुको महान पर्व दशैं तिहार तथा छठको अवसर पारेर अष्ट्रेलिया डेमाक्रेटिक फोरम (एनएडिएफ)ले यहि नोभेम्बर १४ तारिखका दिन आइतवारका दिन सिड्नीस्थित एसफिल्ड पार्कमा शुभकामना आदानप्रदान सहितको बार्विक्यू कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रममा एनआरएका उपाध्यक्ष मन केसी, एनआरएनए अस्टेलियमका अध्यक्ष नन्द गुरुड, कोषाध्यक्ष अनिल पोखरेल, आयोजक संस्थाका पदाधिकारी एवं विभिन्न संघ सस्थाका प्रतिनिधि र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरुको सहभागिता रहेको थियो । संस्थाका सचिव सत्यप्रकाश कंडेलद्धारा संचालित शभकामना आदनप्रदान कार्यक्रमका बक्ताहरुले अस्ट्रेलियाको ने्पाली समाजमा सामाजिक र कल्याणकारी कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन प्रजातान्त्रिक विचार राख्नेहरुबीच आपसी मेलमिलाप हुुनुुुपर्नेमा जोड दिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङ्ग, एनएडिएफका पुूर्व अध्यक्ष सूुरेन्द्र सिग्देल , एनएडिएफका संस्थापक उपाध्यक्ष डा शम्सेरसिह थापा, एनआरएनए अस्ट्रेलियाका सचिव सन्ध्या शाह, पूूर्व आइसिसि सदस्य केशव सापकोटा, नेपाली काग्रेस महासमिति सदस्य कन्चन पोखरेल, लगायतका वक्ताहरुले आ आफ्नो मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष सरेन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासचिव भिष्म भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्