नेभिगेशन
नेपाल समाचार

यसै महिनादेखि अस्ट्रेलियामा अभिभावक आउन पाउने

कृष्ण तिवारी अस्ट्रेलियामा लामो समयदेखि अभिभावकहरुको आवत जावतमा रोक लागेपछि समस्यामा परेका हजारौ परिवारले नोभेम्बरदेखि राहत पाउने भएका छन । अस्ट्रेलियाका संघिय गृह मामिला मन्त्री क्यारेन एन्ड्रयुजले अस्ट्रेलियालीहरूका अभिभावक अर्थात आमाबाबुहरूका निम्ति नोभेम्बरको पहिलो सातादेखिनै यात्रा अनुमतीका लागि आवेदन खुल्ला भएको बताएकी छिन्। अस्ट्रेलियन सरकारको पछिल्लो निर्णयसँगै, आगामी नोभेम्बर १ तारिखदेखि अस्ट्रेलिया प्रवेशका लागि आवेदन दिन अब विदेशी नागरिकता भएका अभिभावकहरू योग्य हुनेछन्। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अघिल्लो साता एक कार्यक्रममा अस्ट्रेलियालीहरूका विदेशमा रहेका अभिभावकलाई नजिकका नातेदारका रूपमा परिभाषित गरिएको बताउदै एक आपसमा भेटघाट र पुर्नमिलन आवश्यकता समेत रहेको बताएका थिए । अस्ट्रेलियन सरकारको कोभिड–१९ सम्बन्धी यात्रा व्यवस्था अनुसार यहाका नागरिक तथा पीआरका अभिभावकहरूलाई नजिकका नातेदारका रूपमा परिभाषित नगरिएको कारण उनीहरू अस्ट्रेलिया आउन सक्ने स्थिति रहेको थिएन । तर पछिल्लो सरकारको निर्णयसँंग नोभेम्बर पहिलो हप्ता देखिनै आवागमन र भेटघाट सम्भव हुने भएको हो । यसको अर्को महत्वपुर्ण पाटोको रुपमा यहा बसेका पीआर तथा नागरिकहरुका लागि बच्चा पालन पोषण र हुर्काउनका लागि अभिभावक आउने गरेको र त्यसले थुप्रै बिदेशी मुलका पीआर र अस्ट्रेलियनहरुमा ठुलो समस्या आइपरेको गुनासो रहेको थियो । कामको ब्यस्तता र अस्ट्रेलियन जिवनशैलीमा बालबच्चा हुर्काउन कठिन हुने हुनाले प्राय नेपाली तथा दक्षिण एशियाली मुलका बासिन्दाले प्राय अभिभावक बोलाउने गर्दछन । त्यती मात्र होइन यो निर्णयले कोभिडको माहामारीका कारण बिछोड हुन पुगेको धेरै परिवारको पनि पुर्नमिलन हुने छ । आफ्ना परिवाको खुसी र दुखमा समेत भाग लिन नपाएका हजारौ अभिभावकहरु बन्चित भएका थिए यो निर्णयले त्यसमा केहि उत्साह र उमंग थपेको छ , मन्त्री क्यारेनले बताइन । पछिल्लो १८ महिनादेखि मृत्यु, जन्म, बिवाह र शैक्षिक उत्सवमा समेत अभिभावकहरु सामेल हुन पाएका थिएनन । हामी निकै संकटमा थियौ, यसै महिना मेरो बच्चा हुने वाला छ तर आमा र जन्मीने सन्तानलाई हेर्ने अभिभावक आउनसक्ने अवस्था थिएन ,यो निर्णयसगै हामीले अभिभावकको भिषा आवेदन भरिसकेका छौ , रकडेल बस्दै आएका एक युवाले सुनाए । यो निर्णयसगै यसै हप्तादेखि गृह मामिला मन्त्रालयको ट्राभल एक्जेम्सन पोर्टलमा गएर अभिभावकहरूले यात्रा छुटका लागि दर्खास्त हाल्ने सुविधा उपलब्ध भइसकेको छ । आवेदन दिदा अभिभावकहरूले अस्ट्रेलियाको नागरिकता वा पीआर लिएका आफ्ना वयस्क सन्तानसँगको नाता खुल्ने प्रमाण पनि बुझाउनुपर्ने बताइएको छ । अर्को महत्वपुर्ण बिषय भनेको अस्ट्रेलिया आउन चाहने अभिभावकहरूसँग भिसा, पासपोर्ट र मान्यता प्राप्त कोभिड–१९ खोपको दुवै मात्रा लगाइसकेको प्रमाण पनि हुनुपर्नेछ भने अस्ट्रेलियाका विभिन्न राज्यका क्वारेन्टिन सम्बन्धी शर्तहरू पनि पालना गर्नुपर्ने छ । यो अहिलेको निकै ठुलो मागको रुपमा रहेको थियो । प्राय अन्य देशवाट बसाइ सराइ गरेको नेपाली लगायतका लागि अभिभावकसँंग छुट्टीएर बस्नुपर्ने बाध्यताका साथै बालबच्चा भरणपोषणमा सहयोगी नुहँंदा निकै ठुलो समस्या परेको थियो । यो सरकारको निर्णयले निकै ठुलो राहत पुगेको छ , एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्