नेभिगेशन
अस्ट्रेलिया समाचार

नेपाली विध्यार्थी समेटेर सीड्नीमा एक्स्ट्राटेकले मनायो तिहार

बिदेशमा उच्च अध्यन गर्न आएका नेपाली विध्यार्थीहरुलाई चाडबाडमा एक्लो महशुस नहोस भन्ने कामनाका साथ एक्स्ट्राटेकले अर्वन पार्कमा तिहार शुभकामना कार्यक्रम आयोजना गरेको छ । दाजुभाइ तथा दिदीबहिनीले एक अर्काको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै एक अर्कामा सदभाव बाड्दै अस्ट्रेलियाका बिभिन्न शहरहरुमा नेपालीहरुले भब्य रुपमा भाइटीका पर्वको अवसर पारेर एक्स्ट्राटेकले आइतबार शुभकामना आदान प्रदान तथा रमाइलो नाचगान कार्यक्रमको आयोजना गरेको हो । बिदेशमा अध्यन गर्न आउने नेपाली विध्यार्थीहरुको बिशेष उपस्थीतीमा आयोजित कार्यक्रममा नेपाली गित संगितमा नाचगान गरेर तिहारलाई बिदा गरेका थिए । हाम्रो उद्देस्य भनेको यहा उच्च अध्यन गर्न आएका भाइ बहिनीहरुलाई चाडबाडमा एक्लोपन महशुस नहोस भन्ने हो र त्यसका लागि हामीले सानो तिहार भेटघाटका साथै खेलकुद कार्यक्रमको समेत आयोजना गरेका हौ एक्स्ट्राटेकका निर्देशक तथा एनआरएन एनएसडब्लु सचिब बिनोद कुवंरले बताए । बिहानैदेखि प्रारम्भ भएको कार्यक्रम साँझ ५ बजेसम्म चलेको र विध्यार्थीहरुले खानपीनका साथै नेपाली गित संगितमा समेत रमाइलो गरेको कुरा कुवंरले सुनाए । आइटीको शैक्षिक परामर्श केन्द्रको रुपमा एक्स्ट्राटेकले नेपाल र अस्ट्रेलियामा आफ्नो गतिविधि अगाडि बढाउदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।