नेभिगेशन
नेपाल समाचार

अस्ट्रेलियाको एक्स्ट्राटेकले गरयो गुल्मीको मदानेमा खाद्यान्न सहयोग

कोरोनाको प्रभावले पील्सीएको कामधन्दा र दैनीकी गरेर धान्नु पर्ने परिवारलाई चाडपर्वले पनि त्यती छोएको छैन । आकाशिएको महंगी र मजदुरी बिच अभावमा पील्सीएका गुल्मीका मदाने गाउपालीकाका गरिब, असहाय परिवारलाई अस्ट्रेलियाको सीड्नीमा मुख्य कार्यालय रहेको शैक्षिक केन्द्र एक्स्ट्राटेकले करिब तिन लाख बराबरको खाद्यान्न तथा नगद सहयोग गरेको छ । धन भएर पनि हुदैन मन हुनपर्छ भन्ने कुरालाई चरितार्थ गरेर सीडनीमा बसोबास गर्दै आएका एनआरएन अस्ट्रेलिया एनएसडब्लु राज्यका सचिब बिनोद कुवंरले आफ्नो व्यबशायीक संस्था एक्स्ट्राटेकको तर्फवाट दशैको पुर्व सन्ध्यामा सो सहयोग पठाएका हुन । गाउघर अनि समाजमा गरिब निमुखाका लागि पनि चाडबाड त्यतीकै प्यारो हुनछ भन्ने महशुस भयो र सहयोग पठाए, बिनोदले बताए । बिनोदले सीड्नीवाट पठाएको सहयोगलाई गुल्मीको मदाने गाउँपालिका म्यालपोखरी काभ्रा निवासि उनका पीताजी यम बहादुर कुवर र आमा कमला कुवर , दाजुहरु वसन्त र सुर्य कुवरले करिब एक दर्जन परिबारलाई हस्तान्तरण गरेका थिए । यसअघि पनि एक्स्ट्राटेकले कोरोना पीडित पत्रकारहरुका लागि पत्रकार महासंघलाई तिन लाख र एनआरएन अस्ट्रेलियाको सहयोगी अभियानमा पाँंच लाख सहयोग गरेको थियो । पुगिसरी भएर हैन, जति सकिन्छ सबैले आफनो ठाउवाट सहयोग गर्न सके त्यो ठुलो सहयोगमा परिणत हुन सक्छ भन्ने मान्यताले सहयोगको हात अगाडि बढाएको हुँ , बिनोदले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्