नेभिगेशन
अस्ट्रेलिया समाचार

अस्ट्रेलियामा टू शेर्पा बियरको लोकप्रीयता बढ्दै

सीड्नीका केहि युवाहरुले बढदो नेपाली समाजको चाहलाई आत्मसाथ गर्दै अस्ट्रेलियामा टु शेर्पाज नामक वियर उत्पादनमा ल्याएका छन । बिदेशमा पनि निकै प्रशिद्धी कमाएको शेर्पाको नाम र कामसँंगै यो ब्रान्डले पनि अहिले अस्ट्रेलियाका नेपालीमाझ आफ्नो प्रभाव जमाउन थालेको छ । रकडेलका केहि युवाहरुको लगानीमा यो टु शेर्पा बियर सीड्नीमै उत्पादन गरिएको हो । छोटो समयमा क्यानबेरा , मेलवर्न, तास्मानियामा समेत यो बियरको बिक्री बितरण सुरु भैसकेको छ । छोटो समयमा बोटल सप र सीड्नीका सबै नेपाली रेष्टुरेन्टमा उपलब्ध हुन थालेको यो बियरको स्वादपनि केहि अलग र फरक रहेको यसका बजार ब्यबस्थापक सीतल खाँड गिरी बताउछन । नामैले नेपालीपन झल्काउने यस खालको उत्पादनलाई अस्ट्रेलियाबासी नेपालीहरुले माया गरिदिने बिश्वास लिएको सीतलले बताए । नेपालको मार्दी खोलाको पानीझै यसको स्वरुपमा ढालिएको यस टु शेर्पा बियरको लोकप्रीयता अहिले निकै बढिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।