नेभिगेशन
कला/शैली

गायक रेग्मीको नयाँ म्यूजिक भिडियो सार्बजनिक

सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाउदै आएका गायक रमण रेग्मीले आफ्नै शब्द रचनामा र स्वरमा "तिमीलाई भेटेदेखी " म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । प्रेममा बाधिएका प्रेमीहरुप्रति समर्पित भाव बोकेको सो म्युजिक भिडियोको निर्माण सबिना कुवर रेग्मीले गरेकी हुन् भने निर्देशन निकेश खड्काले गरेका हुन् । हरि लम्सालको संगीत र महाराज थापाको संगीत संयोजन रहेको सो म्युजिक भिडियोमा रमण रेग्मी र गायीका मिलन नेवारले स्वर दिएकी छन् । ईनाक्षि इण्टर्टेण्ट्मेण्ट यू ट्यूब च्यानल मार्फत् सार्बजनिक गरिएको सो म्यूजिक भिडियो हेर्न http//youtu.be /mYL725gElrg लिंकमा क्लिक गर्न सकिन्छ । बिशेषगरी नेपाली सुगम संगीतमा लगाब राखेर नेपाली गीत संगीतको क्षेत्रमा लागि परेका रमण रेग्मीको सन् २००४ मा भुपेन्द्र खड्काको शब्द र राजु सिंहको संगीत रहेको "हुन्छ नि बैसमा मुटु साटौ लाग्ने" गीत सार्बजनिक भएको थियो । अहिलेसम्म तिन दर्जन गित गाएका रमनले ७ ओटा म्युजिक भिडियो निकाली सकेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्