नेभिगेशन
LEADING_MAIN

दिनेश जोशीको ओसेनिया संयोजकमा बलियो दाबेदारी

अस्ट्रेलियाका सामाजिक अभियन्ता दिनेशराज जोशीले एनआरएन ओसेनिया क्षेत्रीय संयोजक पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । लामो समयदेखि एनआरएनए अभियानमा सारथी बनेका जोशीले समाज र मुलुकका लागि केही गर्न सक्छु भन्ने सोचका साथ ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिन लागेको बताए । ‘सबैलाई उच्च सम्मान गर्दै यस क्षेत्रमा केहि गर्न सक्षम छु भन्ने विश्वासका साथ उमेदबार बन्न लागेको जोशीले सुनाए । जोशी अस्ट्रेलियामा नेपाली कांग्रेशका संस्थापक नेता पनि हुन । उनि तनहुका पुराना कांग्रेशी नेता गोबिन्दराज जोशीका छोरा हुन । ‘मेरो होइन हाम्रो अभियान भन्ने नाराका साथ एनआरएनएलाई साझा बनाउने उद्देस्यका साथ आफु यस पटक ओसेनियाको क्षेत्रीय संयोजकको दाबेदार प्रस्तुत गरेको जोशीको भनाइ छ । अष्ट्रेलिया र आसपासका क्षेत्रका विभिन्न सामाजिक र एनआरएनए अभियानमा सक्रिय उनी यस अघि आईसीसी सदस्य, एनआरएनए अष्ट्रेलियाका सल्लाहकारसहित विभिन्न पदमा रहिसकेका छन् । गत निर्वाचनमा पनि उमेदबार बनेका जोशी साथीभाइको असहयोगका कारण झीनो अन्तरले पराजित भएका थिए । स्वच्छ प्रतिस्पर्धा प्रजातन्त्रको सुन्दर पक्ष हो यसलाई आत्मसात गर्न सकेमा मात्र लोकतन्त्रको सच्चा अनुयायी बन्न सकिन्छ, जोशीले आफ्नो उमेदबारीका बिषयमा स्पष्ट पारे । गत निर्वाचनमा जोड घटाउ मिल्न सकेन र त्यसलाई सहजै स्वीकारे तर यस पटक सबैको स्नेह र माया पाउने बिश्वास राखेको छु । समाज र एनआरएन अभियानमा देखिएका पछिल्ला बिसंगती र बिकृतीलाई चिर्ने जोशीको लक्ष्य रहेको छ । राजनिती आफ्नो ठाउमा छ र हुन्छ तर समाजिक संस्थामा नेतृत्वमा आएपछि यसको आवरणलाई फुकाल्न सक्नुपर्छ । पछिल्लो एनआरएनमा देखिएको समस्यानै यही हो ,उनले भने । पैसा र सीन्डीकेटले पद किन्ने स्पर्धामा केही साथिभाइ रहेपनि यस पटक अस्ट्रेलिया,न्युजिल्यान्ड र पुपवा न्युगीनीका साथीभाइले त्यसलाई परास्त गर्नुहुन्छ भन्ने मेरो बिश्वास हो, जोशीले भने । अस्ट्रेलियाको नेपाली समाजमा चिरपरिचित जोशी देखेको कुरा बोल्ने स्पष्ट बक्ताको रुपमा चिनिन्छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्