नेभिगेशन
अस्ट्रेलिया समाचार

मानसिक स्वास्थ र तनाब व्यबस्थापन सम्वन्धी गोष्ठी आयोजना हुने

एनएसडब्लु राज्य समितीको बिशेष पहल एनआरएन अस्ट्रेलिया न्यु साउथ वेल राज्यसमितीको आयोजनामा आगामी अक्टोबर १ तारिखमा मानसिक स्वास्थ्य तथा तनाब ब्यवस्थापन सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम सन्चालन हुन लागेको एनआरएन अस्ट्रेलिया एससीसी एनएसडब्लुका सचिव विनोद कुवरले बताएका छन् । एनएसडब्लु राज्य सरकारको सहकार्य र एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडव्लु राज्य संयोजक देव गुरुङको संयोजनमा आयोजना हुने उक्त कार्यक्रममा जीपी ब्रिजभ्यु मेडिकल प्राक्टिसका प्रिन्सिपल तथावेष्टन सिड्नी विश्वविद्यालयका बिज्ञ डा. एस थावा सिलान र साउथ वेल स्थित मेन्टल हेल्थ क्लिनिककी मेन्टिमेटर क्वीजको बिशेष उपस्थीती रहने कुरा सचिब कुवरले बताए । कुवरका अनुसार पछिल्लो समयमा अस्ट्रेलियामा रहेका नेपालीहरूमा मानसिक समस्या बढदै गएको र यसले बिशेषगरी नेपाली विध्यार्थीहरुमा अझ बढि प्रभाव पारेको हुँंदा दुबै पक्षलाई समेटेर यो कार्यक्रमको आयोजना गरिन लागेको हो । मानसिक समस्या र यसको आवेगका कारण दुर्घटना र आत्महत्या जस्ता दुखद घटनाहरु बढ्दै गएकाले मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनका लागी प्रशिक्षण दिने उद्देश्यले २ घण्टाका सो कार्यक्रम गरिने लागिएको सचिब कुवरले बताए । कार्यक्रममा नेपालीभाषी मानसिक स्वास्थ बिज्ञ वन्दना कार्कीपनि अतिथि वक्ताको रुपमा रहेकी छिन । कार्यक्रममा सचेतना दिने मात्र नभई विभिन्न कारणले समस्यामा रही मानसिक तनाव भोगिरहेका नेपालीहरूको आवश्यकता अनुसार परिचयलाई गोप्य राखी आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने वा सम्बन्धित पक्षसँग समन्वय गराइ सहयोग उपलब्ध गराइने एनआरएनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक देब गुरुङले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।