नेभिगेशन
नेपाल समाचार

मेलम्ची बाढिपीडितलाई एक्सपर्टको दश लाख सहयोग

अस्ट्रेलियाको सीड्नीमा केन्द्रिय कार्यालय रहेको एक्सपर्ट एजुकेसन तथा भिषा सर्भिस अन्तर्गत एक्सपर्ट फाउन्डेसनले मेलम्ची बाढी प्रभावितलाई १० लाख सहयोग गरेको छ । अस्ट्रेलियाका विभिन्न राज्यहरूमा रहेका एक्सपर्टका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूले स्वेच्छाले बाढी प्रभावितका लागि सहयोग गरेका हुन । कर्मचारीवाट उठेको संकलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउन्डेसनले १० लाख बनाई सहयोगको लागी रकम पठाएको फाउन्डेसनले जनाएको छ । क्सपर्टका समुहका व्यबस्थापक मन्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले सहयोगको लागि सम्पुर्ण शाखा र एक्सपर्ट फाउन्डेसन बीच समन्वय गरेका थिए । एक्सपर्ट एजुकेसनको अस्ट्रेलिया , भारत, नेपाल लगायतका बिभिन्न मुलुक गरी कुल चालिस भन्दा धेरै शाखा रहेको छ । मेलबर्नमा कार्यरत संस्थाका सदस्य नीराजन दुलालको विशेष पहलमा एक्सपर्ट फाउन्डेसन मार्फत मेलम्ची बाढी पीडितहरूका लागि प्राप्त रु. १० लाख सहयोगमध्ये मेलम्ची नगर पालिकालाई ३ लाख, मेलम्ची बाढी संरक्षण तथा सरोकार समितिलाई २ लाख, सिमखेत फट्टे बाढी संरक्षण समितिलाई १ लाख २५ हजार, बाढीबाट पूर्ण क्षति भई विस्थापित २३ घरपरिवारलाई जनही १५ हजारको दरले ३ लाख ४५ हजार र रेडियो मेलम्चीलाई ३० हजार रकम आज मेलम्चीमा एक कार्यक्रमकाबीच हस्तान्तरण् गरिएको छ । मेलम्चीका नगर प्रमुख डम्बर अर्याल तथा अन्य सम्बन्धित समिति तथा संस्थाका प्रतिनिधिहरूलाई संस्थाका प्रतिनिधि देवी प्रसाद लम्साल , विकाश ज्ञवाली, रोशन कँडेल तथा सदस्य नीराजन दुलालका बुबा नवराज दुलालले सो रकम विभिन्न संस्थाहरुलाई हस्तान्तरण गरेका थिए । एक्सपर्टले व्यवसायमा मात्र नभइ परोपकारी कार्यमा पनि निरन्तर सहयोग पुर्याउदै आएको छ । पछिल्ला दिनमा अस्ट्रेलियामा कोरोना प्रभावित विध्यार्थीहरुलाई डेढ करोड बराबरको सहयोग समेत गरेका थियो । पछिल्ला दिनहरुमा संस्थाले फाउन्डेशन खालेर त्यस मार्फत परोपकारी भावनामा मातृभुमीको सेवा गर्दै आएको संस्थाका कार्यकारी प्रमुख सन्जिव शर्माले जानकारी गराए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्