नेभिगेशन
LEADING_MAIN

रुपन्देही सामाजिक सन्जालद्वारा आम्दालाई स्वास्थ्य सामाग्री प्रदान

सिड्नी । आफ्नो स्थापना कालदेखी बिभिन्न सामाजिक तथा परोपकारी कार्य गर्दै आएको रुपन्देही सामाजीक सन्जाल अस्ट्रेलियाले बुटवलस्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल लाई ७ लाख ४६ हजार ४ सय ५० रुपैया बराबरको ५ थान पेसेन्ट मोनिटर मेसिन हस्तान्तरण गरेको छ । अस्पतालमा २९अगस्टमा आयोजित एक कार्यक्रमकाबिच सस्थाका प्रतिनिधि काशिराम काफ्ले अभिभावक बलराम न्यौपाने मार्फत् उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । अस्पातल परिसरमा आयोजित हस्तान्तरण कार्यक्रममा भोर्चुअल माध्यम मार्फत् जोडीदै सहयोगी सस्थाका अध्यक्ष ईश्वर पोखेरेलले सस्थाको स्थापना कालदेखी सस्थाले लिएको उद्देस्य प्राप्तिको लागि साथ र सहयोग गर्ने सबैप्रती आभार ब्यक्त गर्दै आउँदा दिनमा पनि सस्थाको सामाजिक तथा परोपकारी कार्यमा सबैको साथ रहने विश्वाश ब्यक्त गरे । कार्यक्रममा अस्पातलका सुपरिटेन्टेण्ट डा राजेन्द्र प्रसाद बस्याल सामाजिक सन्जाल अस्ट्रेलियाका कला साहित्य तथा सास्कृतिक संयोजक एबम् पेसेन्ट मोनिटर परियोजनाका कोर्डिनेटर मुक्तिराम पोखरेल ,सस्थाका महासचिब दिवाकर काफ्ले पूर्व अध्यक्षद्व्य राज खनाल र कृष्ण गैरे लगायतका बक्ताहरुले सस्थाको सामाजिक एबम् परोपकरी कार्यका बारेमा मन्तब्य राखेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्