नेभिगेशन
LEADING_MAIN

ब्ल्याक टाउन कम्युनिटीमा सिताराम घिमिरे

सिड्नी । आफ्नो स्थापनाकालदेखी बिभिन्न सामाजिक र परोपकारी कार्य गर्दै आएको ब्ल्याक टाउन कम्युनिटीको हालै सम्पन्न साधारण सभाले सामाजिक अभियन्ता सिताराम घिमिरेलाई अध्यक्ष पदमा सर्बसम्मत रुपमा चयन गरेको छ । अगस्ट २१ तारिख शनिबारका दिन भर्चुअल माध्यमबाट सम्पन्न सो साधारण सभाले उपाध्यक्षद्वयमा दिपेन्द्र उप्रेती र सरस्वती घिमिरे, सचिबमा प्रकृति श्रेष्ठ, सहसचिबमा बिशाल पोखेरेल, र कोषाध्यक्षमा निराजन बिसुराललाई चयन गर्‍यो । त्यसैगरी कार्यसमितीको सदस्यहरुमा रुपराज मैनाली, दीपा जोशी, शर्मिला शर्मा, शैलेन्द्र कार्की,रोशन लामिछाने,अनिल पोखेरेल,सुनिल मानन्धर र मदन देउराली रहेको सस्थाले जनाएको छ । वेस्टर्न सिड्नीको नेपालीहरुको बसोबास तिब्र रुपमा बढ्दै गएको सबर्बमा पर्ने ब्ल्याटाउन क्षेत्रमा बसोबास गरेका नेपालीहरुको दु:ख सुखको सारथी बन्दै आएको यो सस्थालाई आगामी दिनमा अझ समुदाय केन्द्रित कार्यक्रमहरु संचालन गरीने अध्यक्ष सिताराम घिमिरेले बताए । नेपाल न्युज अस्ट्रेलियासँग कुरा गर्दै घिमिरेले यहाँको नेपाली समुदायमा सामाजिक सद्भाव कायम गर्दै सस्थाले लिएको उद्देस्य प्रप्तिको लागि कार्य गरिने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्