नेभिगेशन
नेपाल समाचार

एनआरएन अष्ट्रेलिया अध्यक्षमा नन्द गुरुङ्ग विजयी

सिड्नी । गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको शनिवार जुलाई ३१ गते सम्पन्न निर्वाचनवाट नन्द गुरुङ्ग अध्यक्ष पदमा निर्वाचित भएका छन् । अष्ट्रेलियाका सबै राज्यहरुमा अनलाइन मतदान मार्फत भएको निर्वाचनमा उनले ८ हजार ५सय ८६ मतका साथ जित हासिल गरे । प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीलाई झण्डैं दोब्बर मतले पराजित गर्न सफल भए । डा. रेग्मीले ४हजार ८ सय ७९ मत प्राप्त गरे । १५ हजार २ सय ९८ मतदाता रहेकोमा जम्मा १४ हजार २ सय १३ ले मतदान गरेका थिए अर्थात ९२ दशमलब नौं प्रतिशत मत खसेको थियो । यस्तै महासचिव पदमा ७ हजार ८ सय १५ मतका साथ क्यानबेराका राजुबाबु अधिकारी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी अच्युत शर्मा थपलियाले ४ हजार ५ सय ७३ मत प्राप्त गरे । सचिव पदमा सन्ध्या शाह ८ हजार १ सय २२ मतसहित विजयी भइन् भने प्रतिद्धन्द्धी तीर्थराज कार्कीले ४ हजार ४ सय ३३ मत पाए । कोषाध्यक्षमा अनिल पोखरेल यसअघि नै निर्विरोध निर्वाचित भएका छन्् भने सह–युवा संयोजकमा क्यानबेराका चन्द्र तिवारी निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै सहकोषाध्यक्षमा राजकुमार नगरकोटी विजयी बने उनले ७ हजार ६ सय ८३ मत पाए । भने उनका प्रतिस्पर्धी कर्णकुमार यादव ४ हजार ३ सय ५२ मत मै सिमित रहे । कार्य समितिको युवा संयोजकमा भिक्टोरियाका बबिन मिश्र विजयी भए । १६ जना प्रतिस्पर्धि रहेको आइसीसी पदमा आठै जना आइसिसी सदस्यहरु नन्द गुरुङको प्यानलबाट बिजयी भए । विजयी हुनेहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम (पिआर) अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, परेशशराज घिमिरे, नविन भण्डारी छन् । राज्य संयोजकहरुमा न्यु साउथवेल्सको संयोजकमा देववहादुर गुरूङ २ हजार ९१८ मतसहित विजयी भए भने उनका प्रतिद्धन्द्धी प्रतिज्ञा अधिकारीले १ हजार ९ सय ७८ मत प्राप्त गरिन् । डेपुटी केर्डिनेटरमा रेग्मी प्लानलबाट सुकृति राज्यलक्ष्मी भटट्ले जीत हात पारिन् । उनले २२ सय ८२ मत पाउदा उनका निकटतम प्रतिद्धन्दी चोलाकान्त कोइरालाले १९ सय ८८ मतमा चित्त बुझाए । सचिवमा विनोद कुवर, सहसचिवमा राकेश जोशी र भावना श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भए । त्यस्तै, क्यानबेराको संयोजकमा ७५४ मतसहित अशोक बस्नेत विजयी भए । उनका प्रतिद्धन्द्धी अभिशेक उप्रेतीले ३४५ मत पाए । एनआरएएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुञ्जको कोअर्डिनेटरमा एडिलेडकी मञ्जु खड्काले ७ हजार ८ ६४ मतका साथ निर्वाचित भएकी छन् । रेग्मी समुहकी मोनी लिम्बुले ४ हजार ८ सय ७७ मत प्राप्त गरिन् । मतदान अगाबै भिक्टोरिया राज्यको संयोजकमा हरि खड्का तथा वेष्टर्न अस्ट्रेलियामा दीपक बस्नेत निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै क्वीन्सल्याण्ड संयोजकमा विनोदभक्त आचार्य ९३९ मतसहित विजयी भए । प्रतिद्धन्दी आशीष न्यौपानेले २४८ मत पाए । दक्षिण अस्ट्रेलिया संयोजकमा रेनुका लामाले ९३३ मतसहित विजयी बनिन् भने प्रतिद्धन्द्धी सन्तोषी गौतमले ८३८ मत पाईन् । यस्तै, तास्मानिया संयोजकमा ६२१ मतसहित राकेश शाक्य विजयी भए । उनका प्रतिद्धन्दी सन्देश परियारले ५४० मतमा चित्त बुझाए । नर्दन टेरिटोरी संयोजकमा विष्णु चापागाई ६१४ मतसहित विजयी भए । मतदान बिहान ७ देखि बेलुका ७ बजेसम्म अनलाईनबाट भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्