नेभिगेशन
कला/शैली

टि.एम को नयां गीत बजारमा

सिड्नी । बिगत ७ बर्षदेखी अष्ट्रेलियाको ब्रिसबेनलाई कर्मथलो बनाएकी गायिका टि.एम केसीले हालै आफ्नो नया“ गीत बजारमा ल्याएकी छिन् । जित्दा जित्दै हारेछु आफैंलाई तिमीबाट पर सारेछु...... वोलको गीतमा रोशन श्रेष्ठको रचना तथा कल्याण सिंहको संगीत रहेको छ । यो गीतको भिडियोमा पुनम महर्जन र ध्रुव बुढाथोकीको अभिनय रहेको छ । पछील्लो समय म्यूजिक भिडियोको बजारमा राम्रो भिडियो निर्देशकको रूपमा स्थापित भएका निकेश खड्काले यो भिडियोको निर्देशन गरेका हुन । केसीको यो पाचौं सांगितिक कोसेली हो । यस अघिका गीतहरुपनि युवापुस्ताबीच मन पराइएका थिए । प्रबासी जिबन अनि काम , पढाई र प्यासन । यि तिनै कुरालाई समन्वय गरेर अगाडि बढेकी उत्साही यूबती हुन् टि एम के.सी । प्रबासी जीबनमा पनि नेपाली गीत संगीतलाई निरन्तरता दिंदै आइरेहेकी को.सी यतिबेला भने नेपाल छिन । उनको यो नेपाल आगमन पनि केही धरायसी धेरै गीत संगीतकै कारण हो –‘ म केही नयां सिर्जनाको लागि यतिबेला काठमाण्डौमा ब्यस्त छु । लामो समयपछी नेपाल आउंदा केही नया र नौलो काम गर्ने योजना बनाएकी छु – उनले भनिन् । केसीका नया“ गीतको भिडियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्