नेभिगेशन
LEADING_MAIN

डा.कृष्ण हमालको अध्यक्षतामा फेन्काको नया कार्यसमिति चयन

सिड्नी । फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसियन अष्ट्रेलिया (फेन्का)को दोस्रो बार्षिक साधारणसभाले डा.कृष्ण हमालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियामा रहेका नेपाली संघसंस्थाहरुको साझा संगठनको रुपमा स्थापित फेन्काको उपाध्यक्षमा बोम योन्जन, महासचिबमा मधु पुडासैनी, सहसचिबमा दावा शेर्पा, कोषाध्यक्षमा राजन कोइराला र सहकोषाध्यक्षमा सुदीप श्रेष्ठ चयन भएका छन् । त्यस्तै राज्य संयोजकहरुमा अष्ट्रेलियन क्यापिटल टेरिटोरीको लागि सुरज पौडेल, एनएसडब्लु विष्णु हमाल, भिक्टोरिया भोला गिरी, साथ अष्ट्रेलिया कपिल पाण्डे, वेस्ट अष्ट्रेलिया हरि प्रसाद अधिकारी, क्विन्सल्याण्ड सुमन जोशी, नर्दन टेरिटोरी राजन पौडेल र तास्मानियाको लागि मेघना राउत चयन भएका छन् । फेन्काको प्रवक्ता र सहायक प्रवक्ताको जिम्मेवारी पछि तोकिने बताइएको छ कोभिडका कारण जुम माध्यमबाट सम्पन्न साधारणसभामा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, कम्युनिटी लिडर, अतिथि तथा सञ्चारकर्मीहरुसहित उल्लेख्य उपस्थिती रहेको थियो कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालको प्रमुख आतिथ्यता तथा भिक्टोरिया र साउथ अष्ट्रेलियाका महावाणिज्य दूत क्रमशः चन्द्र योन्जन र दिपक धमला लगायतको विशेष उपस्थिती रहेको थियो । साधरणसभा फेन्काका निवर्तमान अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि राजदूत दाहालले फेन्काको सहायताले अष्ट्रेलिया र नेपालको सम्बन्ध मजबुत बनाउन सहज भएको भन्दै फेन्का स“ग मिलेर काम गर्न पाउ“दा आफूलाई पनि खुशी लागेको बताए । भिक्टोरियाका लागि महावाणिज्य दूत योन्जनले फेन्का स्थापनाका वारेमा प्रकाश पारेका थिए ।साउथ अष्ट्रेलियाका महावाणिज्य दूत धमलाले नया “कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिए । उक्त कार्यक्रममा समाजसेवी इन्द्र बन, फेन्का एनएसडब्लु राज्य संयोजक विष्णु हमाल,साउथ अष्ट्रेलिया संयोजक दावा शेर्पा, भिक्टोरिया संयोजक भोला गिरी, फेन्का विधान समिति संयोजक उमेश पन्त लगायतले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा नेप्लिज अष्ट्रेलियन एसोसियसनका मधुसुधन पुडासैनी, ओसनिया नेप्लिज स्पोर्ट्स मिटका जविन श्रेष्ठ, एपीङ उलर्ट नेप्लिज कम्युनिटीका रोशन उपाध्याय, असमेद फाउन्डेशनका डा. कुश श्रेष्ठ, दिदी बहिनी समाज भिक्टोरियाबाट जमुना पराजुली, अष्ट्रेलिया नेपाल पब्लिक लिंकका निरन्जन गौली, नेप्लिज एसोसियसन क्विन्सल्याण्डका डा. देवराज पौडेल, नेप्लिज नर्स एसोसियसनका दिलीप गिरी, अष्ट्रेलियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसियसनका पूनम पन्त, नेप्लिज पेन्सर्स्ट कमयुनिटीका लक्ष्मण श्रेष्ठ, नेपाली सोसाइटी तास्मानियाका मेघना राउत, रुपन्देही सोसल नेटवर्कका मुक्तिराम पोखरेल,अष्ट्रेलिया नेपाल फ्रेन्डसिपका डा. दुर्गादत्त कंडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित जनाएका थिए । त्यस्तै संस्थाका संरक्षक जानकी पौडेलले फेनकाले हालसम्म गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा घरेलु हिंसा तथा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्न सुझाव दिइन् । त्यस्तैं एन्जाका अध्यक्ष ऋषि आचार्य, एसबीएस नेपाली रेडियोका कार्यकारी सञ्चालक राजिस अर्याल लगायतले फेन्काको वारेमा बोलेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्