नेभिगेशन
LEADING_MAIN

जनसम्पर्क समिती अस्ट्रेलिया चुनाबी प्रकृयामा

सिड्नी l लामो बिवाद र आपसी असहमतीबिच नेपाली कांग्रेश कन्द्रिय कार्यालयले २१ सदस्यीय अधिबेशन तयारी बनाएर पठाएपछि अब यसले आफ्नो चुनाबी प्रकृया अगाडि बढाएको छ । अधिबेशन तयारी समितीको पहिलो बैठकले आगामी जुलाई १५ तारिखसम्म म्याद तोकेर सदस्यता खुला गरेको छ । अनलाइन गुगल फर्म मार्फत खुला गरिने सदस्यताका लागि योग्य जो कोही ब्यक्तीले पनि आवेदन दिनसक्ने छ । आवेदनपछि भने बिधान बमोजिमको योग्यता पुगेको हेरिकन सक्रिय सदस्यता फाराम प्रदान गरिने समितीले निर्णय गरेको छ । सदस्यताको लागि भने सत्तरी डलर शुल्क निर्धारण गरिएको छ । जसवाट पचास डलर भने केन्द्रलाई सक्रीय सदस्य शुशल्क वापत पठाइने छ । यसै बैठकवाट लामो समयदेखि बिवादित जनसम्पर्क समितीलाई एकताको शुत्रमा बाध्ने र निर्वाचन प्रकृयावाट नया नेतृत्व चयन गर्ने मौकालाई सबैले सदुपयोग गर्नुपर्ने राय अधिकांश सदस्यले व्यक्त गरे । पहिलो बैठकले सदस्यता बितरणमा कुनैपनि विभेद नगरीकन गुगल फर्म मार्फत खुला रुपमा अगाडि बढने र योग्यता पुगेका सबैलाई सक्रिय सदस्य बनाएर निर्वाचनमा जाने निर्णय समेत गरिएको छ । बैठकवाट संयोजक कृष्ण गीरीले केहि साथीहरुको असहमतीका बिच पार्टीले गरेको निर्णयलाई सबैले मिलेर स्वागत गर्नुपर्ने र यसलाई समाधानको वाटोमा लाने मौकाको रुपमा लिनुपर्ने बताए । यसै बिच अधिवेशन तयारी समितीका दुइ सदस्यले भने राजिनामा दिएको खबर प्राप्त भएको छ । बैठकमा २१ मध्ये १५ जनाको उपस्थीती रहेको थियो । अधिकांश सदस्यहरुले अधिवेशन तयारी समिती बनेन भन्ने बनेपछि त्यसको विरोध गर्ने परम्पराको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका थिए । सदस्यहरु गणेश केसी, प्रेम सापकोटा, निरज श्रेष्ठ, निल थपलिया लगायतले यो अस्ट्रेलियामा छरिएर रहेका काङ्रेसीहरुलाई एकतामा बाधेर लाने मौकाका रुपमा भएकाले यसमा चुक्नु नहुने कुरा बताएका थिए https://forms.gle/nukD6AKnK41WsN9P8
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्