नेभिगेशन
अन्य

नायिका निसा घिमिरेलाई अस्ट्रेलियाबाट सहयोग

सिड्नी । अस्ट्रेलियालाई आफ्नो कर्मथलो बनाउदै आएका गायक रमण रेग्मीको पहलमा अस्ट्रेलियामा संकलित रकम नायिका घिमिरेको परिवारलाई हस्तान्तरण गरिएको छ । कलाकारिता अध्ययन को सिलसिलमा तीन बर्ष अघी भारतको देहरादुनमा सडक दुर्घटनमा परेर गम्भिर घाइते भएकी निसाको हाल काठमाण्डौ स्थित नर्भिक अस्पतालमा निशुल्क उपचार हुँदै छ । तीन बर्षसम्म भारतमा उपचार गराइरहेकी निसाको मध्याम परिवारले औषधी उपचार गर्न कठिन भएपछी काठमाण्डौ ल्याएर उपचार गर्न सुरु भएको हो । उनको उपचार गर्न कलाकारिता क्षेत्रमा कृयासिल कलाकार हरुले सामाजिक सन्जाल मार्फत् सहयोगको अपिल गरेर आर्थिक सहयोग जुटाउने काम हुँदैछ । त्यसै सिलसिलमा अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक रमण रेग्मीले उनको उपचारमा सहयोग जुटाउने उद्देस्यले जुन ११ तारिखका दिन सामाजिक सन्जाल मार्फत सहयोगको लागी अपिल गरेका थिए । सहयोगको लागि रेग्मीले गरेको सार्वजनिक अपिल लाई यहाँक सहयोगी र मनकारी ब्यक्तित्वबाट संकलित १४ सय ३ अस्ट्रेलियन डलर एपिवान टेलिभिजनमा सन्चालन हुने फिल्मी कार्यक्रमका प्रस्तोता द्व्य नरेश भट्टराई र प्रकाश सुबेदी मार्फत नीशाको परिवारलाई हस्तान्तरण गरिएको गाएक रमण रेग्मीले नेपाल न्यूज अस्ट्रलियालाई जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्