नेभिगेशन
LEADING_MAIN

परोपकारी कार्यमा एक्स्ट्राटेक

सिड्नी । पढेपछि योग्यता अनरुपको काम नपाउदा अस्ट्रेलियामा धेरै विध्यार्थीहरु हतोत्साहित हुने गरेको यहाको एक अनुसन्धानपछिको तथ्यांकले देखाएको छ । त्यसमाथि पढेको बिषयमा जागिर पाउनेको संख्या अन्तराष्ट्र्रीय विध्यार्थीको हकमा ज्यादै न्युन रहेको छ । आफुले भोगेका समस्यालाई नया पीढीले पनि भोग्नु नपरोस भन्ने हेतुले केहि युवाले यतिखेर सीड्नीको हर्षभिलमा आइटीका विध्यार्थीहरुका लागि एक्सट्रा टेक नाम प्रशिक्षण केन्द्रको स्थापना गरेका छन । जसले आइटी पढेर व्यबशायीक काम र दामको खोजी गरीरहेका छन त्यस्ता युवापीढीका लागि एउटा सहयोगीको रुपमा काम गर्ने गरेको एक्सट्रा टेकका निर्देशक बिनोद कुवंर बताउछन । बिगत डेढ बर्षदेखि आइटीको प्रशिक्षण केन्द्र खोलेर बसेका बिनोद र उनको टिमले यस बिचमा सयौ नेपाली विध्यार्थीहरुलाई आइटीको व्यबशायीक तालिम दिएर बिभिन्न कार्यालयहरुमा काम लगाउन सफल भैसकेको छ । नेपालवाट उच्च अध्यन गर्न अस्ट्रेलिया आएका नेपाली विध्यार्थीहरु शैक्षिक हिसाबमा यहाँका अन्य विध्यार्थी भन्दा कमजोर पटक्कै छैनन तर उनिहरुमा अनुभव र एक्सपोजको कमी छ, हामीले सोही अभावलाई पुरा गर्ने प्रयास गरेका छौ, निर्देशक बिनोदले कुराकानीको क्रममा नेपाल न्यूज अस्ट्रेलिया प्रतिनिधिलाई बताए । यतिखेर प्रशिक्षण केन्द्रमा तिन सय बिस जना विध्यार्थीहरु आफ्नो पढाइलाई अनुभवमा साटने प्रयासमा दत्तचित्त भएर लागेका छन । अहिले छोटो समयमा ७० जना विध्यार्थीले एक्सट्रा टेक मार्फत व्यबशायीक रुपमा आइटीको जागिर समेत पाइसकेका छन । पछिल्ला दिनहरुमा कोभिडको प्रभावसँंगै आइटी क्षेत्रमा अवसरको पनि प्रसस्त माग भैआएको छ । परियोजना व्यबस्थापक सुदिक्षा गौतमका अनुसार अहिले एक्सट्रा टेकले वेभसाइड डिजाइन, डिजिटल मार्केटिङ,नेटवर्क डिजाइन, अफीस सेट अप र अन्य आइटीसम्वन्धि प्रशिक्षण दिदै आइरहेको छ , यसले आगामी दिनमा आफ्नो सेवालाई बिस्तार गर्दै लैजाने क्रम जारी छ । आफ्नो स्थापना कालको डेढ बर्षमा एक्सट्रा टेकले आफ्नो व्यबशायीक कार्यसँगै परोपकारी काममा पनि हात अगाडी बढाएको छ । अहिले एक्सट्रा टेकले वेलफेयर फन्डको स्थापना गरेर हालै एनआरएन अस्ट्र्लियालाई कोभिड फन्डमा पाँच हजार डलर र महाविर वेलफेयर फन्डमा ६० वटा अक्सीजन सीलिन्डर सहयोग गरेर आफ्नो सामाजिक दायित्व पुरा गर्ने काम गरेको छ । एक्सट्रा टेकले आफ्नो परोपकारी कार्यलाई अगाडि बढाउन सन्तोष श्रेष्ठ, अनुप कार्की, अनिल पोखरेल,सगीना प्रजापती, ओम राउत, सन्दिप साउद, गौरव सुनुवार,सुनिल सिग्देल, रोशन घिमिरे,शुसन्त पन्त र बिशाल सिवाकोटी रहेको कोभिड सहयोग समिती बनाएको थियो । सोही समिती मार्फत यस पटक एनआरएन अस्ट्रेलिया र महाविर वेलफेयर फन्डमा सहयोग गरेको कुरा निर्देशक बिनोद कुवंरले बताए । उनले आगामी दिनमा पनि विध्यार्थीको हक र हित तथा परोपकारी कार्यमा आफुहरु लागिरहने बताए । हाल एक्सट्रा टेकले मेलवर्न र काठमाडौमा समेत आफ्नो सेवा बिस्तार गरेको छ निकट भबिष्यमा अस्ट्रेलियाका अन्य शहरहरुमा पनि यसलाई बिस्तार गरिने लक्ष्य रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्