नेभिगेशन
LEADING_MAIN

सऊल हेभन नेप्लिज कम्युनिटी गठन सिड्नी । एन एस ड्ब्लु राज्यको ओलँघङ् आसपास क्षेत्रमा अबस्थित सऊल क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुलाई एकताबद्ध बनाउदै एक आपसमा दु:ख सुख साटासाट गर्ने उद्देश्यले मणी सिलवालको अध्यक्षतामा सऊल हेभन नेप्लिज कम्युनिटी गठन गरिएको छ । सस्थाका सचिब राज गुरुङका अनुसार उपाध्यक्षद्व्यमा माधव अर्याल र अनमोल महत,सचिबमा राज गुरुङ, सह सचिबमा सर्मिला घिमिरे, कोषाध्यक्षमा बलराम श्रेष्ठ र जनसम्पर्क संयोजकमा अभिशेक बुढाथोकी रहेका छन् । त्यसैगरी सस्थाको कार्यसमितीका सदस्यहरुमा मनिषा कार्की,सन्दीप घिमिरे,प्रमोद अधिकारी,जेसिश कार्की,प्रज्वल बराल,प्रदिप रानाभाट,सागर महर्जन,निरज चौधरी,सुरज खड्का,रत्नाकार महर्जन,महेश क्षेत्री रहेका छन् । यसैबीच सऊल हेभन नेप्लिज कम्युनिटी र ओलँघङ् नेप्लिज कम्युनिटीबिच हालै ओलँघङ्मा भएको मैत्रिपूर्ण फुटबल खेलमा ५-३ को गोलको अन्तरले सऊल हेभन नेप्लिज कम्युनिटीले ओलँघङ् नेप्लिज कम्युनिटीलाई पराजित गर्‍यो । खेलाडी निरज चौधरीको ह्याट्रिक्को मद्दतले सऊल हेभनले उक्त जीत हात पारेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्