नेभिगेशन
नेपाल समाचार

अनलाइनमा मम खादै कोभिड विरामीलाई सहयोग

सिड्नी । विश्वभर छरिएर रहेका नेपालीहरुले यहि मे २९ तारिक नेपाली समय अनुसार ४ बजे एकै साथ अनलाइनमा जुम मार्फत मम खादै कोभिडका विरामीलाई सहयोग रकम जटाउन एक हुने भएका छन् । सिड्नीबाट संचालिन हुदै आएको “द दिपेश शो” कार्यक्रमका परिकल्पनाकार तथा प्रस्तोता दिपेश श्रेष्ठका अनुसार विश्वभरका नेपालीहरु एकै साथ जुम मार्फत मम खादै विश्व रेकर्ड समेत राख्ने मनसाय रहेको बताए । हालसम्म नेपालका केभिड विरामीका लागि करिब १० लाख रुपैया भन्दा बढी रकम संकलन भैसकेको छ भने सहयोग उठ्ने क्रम जारी छ । उक्त जुम मार्फत अनलाइनमा मम खाने कार्यक्रमका लागि इच्छुक व्यक्तिले निःशुल्क रुपमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् । यो अभियानमा किन लाग्ने ? कोविडको यस्तो महामारीमा घरमै बसेर, सामजिक दुरी कायम गर्दै जूममा अनलाइन आएर मःमः खादा यदि कोविड बिमारीहरुको लागि पैसा उठ्छ भने (करिब १० लाख उठी सकेको छ, जसको सत प्रतिसत रकम कोभिड पिडितको लागि खर्च गरिने छ), यदि घरमै बसी रहनु भएको व्यक्तिहरुलाई केहि सहयोग गरेको अनुभूति गरेर मानसिक रुप केहि भए पनि सकारात्मक योगदान हुन्छ भने, किन भाग नलिने यो अभियानमा? त्यस्तै मःमः बनाउदा जसरी परिवारका सदस्यहरु एकै ठाउमा आएर बनाउने गर्छौ , त्यसरी नै यो अभियानले संसार भरिका नेपालीहरुलाइ एकै ठाउमा ल्याउने छ । भनिन्छ नेपाल एउटा साझा फुलबारी हो, जहाँ अनेकौ फुलहरु मिलेर बगैचालाइ सुन्दर बनाउछ। अनेकतामा एकताको उदाहरण प्रस्तुत गर्छ त्यसरी नै, नाम मःमः भए पनि त्यस भित्र हाल्ने गुदी अनेक थरि हुन्छ, आकार अनेक हुन्छ, पकाउने तरिका अनेक हुन्छ, झन् अचार त कति थरि को हुन्छ हुन्छ, त्यसैले मःमः अनेकतामा एकताको प्रतिक हुनेछ । कोभिड माहामारी ले जीवनलाई अती नै दयनिय असर पारेको बेला हामी सबैलाई सहयोग को खाचो छ। खासगरी नेपालमा। यो कार्यक्रम मार्फत केही रकम सँकलन भएको छ। सो रकम लाई कोभिड राहतको लागि परिचालन गरिनेछ। ज्योति गुमेका, गर्बभती र अन्य कोभिडले मर्माहित ब्यक्तिको लागि रकम ले ठुलो सहयोग गर्नेछ यस दुःखद बेलामा। के यो दुःखको घडीमा मनाउन लागेको उत्सब हो? पटक्कै होइन। यो एउटा भेला हो जसको केही उदेश्य हरु छन। मःम मार्फत समाजसेवा को भावना उजागर गर्न। म्ःम लाई संसारमा चिनाउनु । नेपाल चिनुनु भनेको थप सहयोग आउनु हो। जूम बाट कोभिड नसर्ने भएको ले कार्यक्रम ले यो ढाचा लिएको यो मःम नै किन? सजिलो र एक प्रचलित हामी सबैले ले मन पराउने पारीकर भएको ले। कुनै राजनितिक संस्थाले चालेको कदम हो? बिल्कुल होइन। सधैं खाएको मःम ले आफ्नो मात्र पेट भर्यो यो पाली कसैको जीवनमा केही सकारआत्मक असर आफ्नै कोठामा बसेर पनि पार्न सकिन्छ भन्ने सोचको सुरुवात हो। भाग लिन पैसा पर्छ? पर्दैन। के मःम मार्फत काटमार प्रबर्दन गर्न खोजिएको हो? होइन, तपाईंले शाहकारी मःम खाएर पनि भाग लिन सक्नुहुन्छ। तपाईंको आस्था विश्वाश भावना को हामी कदर गर्छौ। चन्दा कती दिन मिल्छ? आफ्नो हैसियत अनुसार जती पनि। चन्दा दिन सक्नु हुन्न भने पनि एकदम ठीक छ, साथीहरुलाई यो अभियानको बारे भन्दिनु होला त्यो पनि ठुलो सत्कर्म हुनेछ। बिदेशमा भएको नेपाली ब्यपारिक संस्था र सर्बसधारण ले किन अहिले सम्म दश लाख नेपाली चन्दा दिए त? समाज सेवा को भावना अनुभुत गरेर। आफुले खेलेको देखेको हुर्केको माटो रुख पधेरो हिमाल पहाड आफ्नो स्मृतिपटलमा आएर र म अझै नेपाली नै हो भन्ने सोचेर। कार्यक्रम कहिले हुन्छ? मे २९ तरिक, नेपाली समय ४ बजे। भाग कसरी लिने? http://bit.ly/momolover चन्दा कसरी दिने? Bit.ly/nyanopan अभियान को बारे थप जानकारी कसरी पाउने? https://www.facebook.com/groups/momoworldrecord उठेको पैसा सहि ठाउँमा सदुपयोग हुन्छ त? हामी सबै विवरण नितान्त प्रस्तुत गर्छौ। तपाईंले पनि दुःख गरेर कमाएको रकम हो। यस्तो बेला यो कार्यक्रम आवश्यक छ त? यस्तो बेला नै परोप्कारी संस्था हरुलाई सहयोगको खाचो हुन्छ। नेपाल बहिर बाट भाग लिन मिल्छ? सहयोग गर्न संसारको जुन कुना बाट पनि उदार हुनुपर्छ। बिभिन्न कलाकार र ख्यातीप्राप्त ब्यक्ती हरुले किन भाग लिदै छन? उनी हरुलाई पनि थाहा छ कोविड ले धनी गरीब अग्लो होचो कसैलाई भेदभाब गर्दैन भनेर र आफ्नो पनि अभियानमा केही दवित्व छ भनेर। आयोजक हरुले के पाउछन? केही पुन्य शायद र आत्म सन्तुस्टी गिनिस बुकमा किर्तिमान हुने पक्का छ त? कोशीस जारी छ। तर गिनिसको पाटो छोडेर, अभियान सफल हुनु भनेको हामी सबै को साझा सफलता चै पक्कै हो। उक्त कार्यक्रममा सहभागी हुन यस अभियानका अभियन्ता दिपेशले सबै विश्वभर छरिएर रहेका नेपालीहरुलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्