नेभिगेशन
LEADING_MAIN

अबर्न नेप्लिज कम्युनिटीको साधारण सभा सम्पन्न ।

सिड्नी । नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको सबर्ब मध्ये अबर्न पनिएक हो । धेरै मुलुकका आप्रबासिहरुको बसोबास रहेको अबर्न ईलाकामा नेपालीहरुको उपस्थिती बर्षेनी बढदै गएको छ । त्यस सबर्बमा बसोबास गर्ने नेपालीहरुलाई एउटै छातामा गोलबन्द गर्ने उद्देश्यले स्थापित अबर्न नेप्लिज कम्युनिटीको मे १६ तारिख आईतवार सम्पन्न साधारण सभाले रबिन्द्रकुमार शर्माको अध्यक्ष तामा नयाँ कार्यसमितिको चयन गरेको छ । साधारण सभाले जितेन्द्र श्रेष्ठ र सविन डाँगीलाई उपाध्यक्षमा ,सन्तोष आचार्यलाई महासचिबमा र राजेश टण्डनलाई सचिबमा चयन गर्‍यो । त्यसैगरी कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा यूद्धिका कुवर चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा दिपेन्द्र घिमिरे, आयुष अधिकारी, भुपेन्द्र कंडेल, धिरेन बहादुर थापा, मनोज अधिकारी र निशान कार्की चयन भएका छन् । साधारण सभाले निबर्तमान अध्यक्ष अशोक उप्रेतीलाई सस्थाको संरक्षकमा र सामाजिक अभियन्ता दिनेशकुमार पोखेरेल, पत्रकार मनरिशी धिताल, रमेश बानिया, शशी राई, राजु गिरी र राजकुमार श्रेष्ठलाई सस्थाको सल्लाहकारमा चयन गर्‍यो । सो अवसरमा बार्बिक्यू पनि गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्