नेभिगेशन
खेलकुद

हार्मोनी कप नेपाली फुटबल क्लबलाई

ओरेन्ज । एन एस डब्लु राज्यको अरेन्जमा यही अप्रिल १८ तारिख आईतवार सम्पन्न हार्मोनी कप २०२१ को उपाधी नेपाली फुटबल क्लबले जितेको छ । ओरेन्ज सिटी काउन्सिल द्वारा आयोजित सो प्रतियोगितामा नौ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालले भारत बिरुद्ध ४-० क्यान्बोलस रेन्जर्स बिरुद्ध २-० स्टार बिरुद्ध २-०,साउथ अमेरिका बिरुद्ध २-० र साउथ अफ्रिका बिरुद्ध ३-० को गोल गर्दै आफुलाई फाईनल मा पुर्याएको थियो । साउथ अमेरिकासँगको फाइनल खेलमा नेपाल ले २-० को अन्तरमा साउथ अमेरिका लाई हराएको थियो । फाइनल खेलमा नेपाली खेलाडी हरु दिनेश पौडेल र बिनोद श्रेष्ठ ले एक एक गोल गरेका थिए । उनिहरु दुबैले बेस्ट प्लेयरको उपाधी पाए । प्रतियोगिता हेर्नको लागि ओरेन्ज आसपासमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।