नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियामा माधव नेपाल समुहको प्रबासी नेपाली मंचको अध्यक्षमा राजनकुमार बस्नेत

सिड्नी । नेकपा एमालेमा देखिएको फुटको असर अस्ट्रेलियामा रहेका त्यस पार्टी प्रति आस्था राख्ने कार्यकर्ता र सुभचिन्तक हरुमा पनि देखिएको छ ।त्यसैको परिणाम स्वरूप यहा राजनकुमार बस्नेत को अध्यक्षतामा प्रबासी नेपालि मंचको आधिकारिक कमिटि गठन गरिएको सस्थाका प्रबक्ता हरेरामचन्द्र राउतद्वारा जारि बिज्ञप्तिमा जनाइएको छ । सस्थाका अनुसार उपाध्यक्षहरुमा माधब शाह ,प्रकाश सेढाई र लक्ष्मण श्रेष्ठ महासचिबमा अच्युत शर्मा ,सचिबमा नरेश थापा ,कोशाध्यक्षमा पूर्ण लामिछाने ,प्रवक्तामा हरेरामचन्द्र राउत र पुब्लिक अफिसरमा सिके भुसाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा कमल देबकोटा ,ध्रुब सुबेदी ,हरिलाल लामीछाने,अग्निधर भण्डारी ,राजु मानन्धर ,प्रकास राय ,बिरेन्द्र उदास ,किशोर कुवर ,सुवास रानाभाट ,रमेश पौडेल ,बिबेक अर्याल ,किरण पौडेल ,शंकर धरेल ,राजकुमार केसी ,उद्धव खड्का ,दामोदर रावल ,तारालाल लामा ,पविता मैनाली ,मनसुन राई ,रमेश सोडारी ,र अबनिश नेपाल रहेका छन् । सस्थाद्वारा जारी बिज्ञप्तिमा - सर्बोच्च अदालतको फाल्गुन २३ गतेको फैसला पछि प्रवासी नेपालि मंच का अध्यक्षले तत्कालिन कमिटिको बैठक बोलाएर स्थितिलाई सहज बनाउनुको सट्टा बहुमत पदाधिकारी लाई थाहै नदिई मनोमोजी ढंगले बैठक गरेको र संगठनको हित बमोजिम नचलेकोले निस्कर्ष निकाल्दै मंचका बहुमत पदाधिकारी ले त्यसलाई अस्विकार गरेर बस्नेतको अध्यक्षतामा आधिकारिक कमिटि गठन गरिएको जनाइएको छ । बिज्ञप्तिमा भनिएको छ - नेकपा एकीकृत रहदाको अवस्थामा सिर्जित पार्टी अन्तरविरोधको कारण घटेका घटनाहरुलाई बिर्सेर अगाडी बढ्नु पर्नेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आम कार्यकर्ताको भावनालाई लत्याएर गैर कम्युनिस्ट चरित्र देखाएकोले त्यसको प्रतिरोधमा पार्टी भित्र समानान्तर गतिबिधि हुनु स्वभाविकै देखिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्