नेभिगेशन
LEADING_MAIN

चितवन समाजको पाचौ साधारण सभा सम्पन्न ।

सिड्नी । चितवन जिल्ला घर भई अस्ट्रेलियामा विभिन्न पेशा र ब्यबसाय गर्दै आएका चितौनेहरुलाई एकै छाता मुनि एकीकृत गरी चितवन जिल्लाको आर्थिक, सामाजीक ,शैक्षिक लगायतका कल्याणकारी कार्यमा सहयोग पुर्याउने उद्देस्यले स्थापित चितवन समाजको मार्च २८ तारिख आईतबार सिड्नीमा पाचौ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले पूर्णनाथ घिमिरेको अध्यक्षतामा नया कार्यसमितिको चयन गरेको छ । साधारण सभाले सस्थाको उपाध्यक्षमा विकास बर्तौला ,कोषाध्यक्षमा सीता सुबेदी, सह सचिबमा कृष्ण कान्त पौडेल, प्रवक्तामा श्यामसुन्दर गिरी र जनसम्पर्क संयोजकमा पुर्षोत्तम संग्रौला लाई चयन गरेको छ । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा हरिभक्त अधिकारी कुशल केसी ,हेमराज पौडेल ,आत्मराम पौडेल ,सुजन बर्तौला ,विष्णु थपलिया ,आनन्द पाठक र आशा श्रेष्ठ रहेका छन् । सन् २०११ मा स्थापित यो सस्थाले चितवन जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । कार्यक्रममा एनआरएनए अन्तरास्ट्रिय समन्वय समितिका उपाध्यक्ष मन केसी , एनएसडब्लुकालागि नेपालका बाणीज्यदुत दिपक खड्का , एन आर एन ओसियाना संयोजक होम पाण्डे ,महिला संयोजक जानकी पौडेल ,एन आर एन ए अस्ट्रेलियाका अध्यक्ष केशब कंडेल ,एञ्जाका अध्यक्ष हेमन्त काफ्ले लगायतका बक्ताहरुले शुभकामना मन्न्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका राजदुत महेशराज दाहालको शुभकामना संदेश पढेर सुनाईएको थियो । कार्यक्रममा विभिन्न सामाजिक सस्थाका प्रतिनिधि हरु र चितौने हरुको सहभागिता रहेको थियो । साधारण सभा सिड्नीको ग्र्यानभिलनमा सम्पन्न भएको थियो । सो अवसरमा सस्थाले गरेका सामाजिक कार्यहरुको भिडियो क्लिप देखाईएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्