नेभिगेशन
LEADING_MAIN

एनएडिएफद्वारा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

सिड्नी । अस्ट्रेलियामा बसोबास गरिरहेका डेमोक्र्याटहरुको साझा सस्था नेप्लिज अस्ट्रेलियन डेमोक्र्याटिक फोरम ( NADF ) को आयोजनामा यहि मार्च २१ तारिख शनिबारको दिन सिड्नीको रक्डेल स्थित एभरेस्ट फंसन सेन्टरमा डेमोक्र्याटहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । "एनआरएनएमा डेमोक्र्याट हरुको भूमिका र चुनौती" बिषयक सो अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले अस्ट्रेलियामा रहेका सबै नेपालीहरुको साझा सस्थाको रुपमा रहेको एनआरएनएको गरिमालाइ अझ बढाउन सस्थाको नेतृत्व तहमा पुगेका डेमोक्र्याटहरुले आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्नेमामा जोड दिए । उनीहरुले गैर राजनैतिक सस्था एनआरएनमा कोहि कसैले पनि राजनीतिक गतिबिधि गर्न नहुने बताउदै सस्थाले लिएको मार्गदर्शन र आदर्शलाई ब्यबहारमा उतारेर यो सस्थाप्रती अझ आस्था र भरोसा बढाउदै लैजानु पर्ने बताए । बक्ताहरुले अस्ट्रेलियामा रहेका डेमोक्र्याट हरुलाई एकताको सुत्रमा बाध्न एनएडिएफले खेल्दै आएको भूमिका प्रसंसनिय रहेको उल्लेख गर्दै यहा रहेका डेमोक्र्याटहरुको साखलाई जोगाउन आगामी दिनमा पनि सस्थाले प्रभावकारी र निस्पक्ष्य भूमिका खेल्नुपर्ने खाचो औल्याए । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता शम्भुप्रसाद पोखरेलले जननायक बी पी कोईराले प्रतिपादन गर्नुभएको रास्ट्रियता ,प्रजातन्त्र र समाजबादका अनुयायी हामीहरुले प्रजातन्त्रलाई बोलीमा नभई ब्यबहारमा देखाउन सक्नु पर्ने बताए । उनले नेपालि कांग्रेसको बर्तमान नेतृत्वले पार्टीका कार्यकर्ता र सुभचिन्तक हरुलाई उर्जा दिने खालका कार्यक्रम ल्याउनु पर्ने बेला भएको उल्लेख गरे । एनएडिएफका अध्यक्ष सुरेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एआरएनए आईसीसी उपाध्यक्ष मन केसी ,एनएडिएफका पूर्व अध्यक्षहरु विवेक थापा , गणेश केसी ,सुरेन्द्र सिग्देल ,डिल्लीराम ढकाल , छिरिंग लामा , नारि निकुञ्ज ओसियानाका संयोजक जानकी पौडेल ,नारि निकुञ्ज अस्ट्रेलियाका संयोजक सन्ध्या शाह , एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा ,महासचिब डा ज्ञानेन्द्र रेग्मी ,एञ्जाका अध्यक्ष हेमन्त काफ्ले , एनआरएनएका कोशाध्यक्ष अनिल पोखरेल ,प्रबक्ता नन्दु गुरुङ ,पब्लिक रिलेसन अफिसर कोमलराज पाठक, जनसम्पर्क समितिका रामजी बस्नेत , नयाका अध्यक्ष प्रकास अर्याल ,चितवन समाजका अध्यक्ष छबि सापकोटा लगायतका बक्ताहरुले अस्ट्रेलियाका डेमोक्र्याटहरुको एकता र भाईचारालाई आगामी दिनमा अझ मझबुत बनाउन बिगतका कमि कमजोरीलाई सच्याउदै जानु पर्नेमा जोड दिए । एनएडिएफका महासचिब भिस्म भण्डारीले संचालन गरेको सो कार्यक्रममा सस्थाका उपाध्यक्ष हरि अधिकारी र कोशाध्यक्ष प्रज्वल पोखरेलले कोभिड प्रभावित नेपालिहरुलाई सस्थाले नेपालमा सम्पन्न गरेको राहत कार्यक्रमको बारेमा र सस्थाको बिबिध गतिविधिको बारेमा जानकारी दिएका थिए । कार्यक्रक्रममा सिड्नीमा रहेका डेमोक्र्याटिहरुको बाक्लो सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्