नेभिगेशन
LEADING_MAIN

क्यानबेरामा नेपाली बिज्ञ सम्मेलन हुने ।

क्यानबेरामा नेपाली बिज्ञ सम्मेलन हुने । सिड्नी ,२० मार्च । एन आर एन ए अस्ट्रेलिया प्रकोप ब्यबस्थापन टास्क फोर्सको आयोजनामा यहि मार्च २७ तारिख शनिबार क्यानबेरामा नेपाली बिज्ञहरुको सहभागितामा एक दिने सम्मेलन हुने भएको छ । एनआरएनका पूर्व अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा हुने सो सम्मेलनमा अस्ट्रेलियाको विभिन्न राज्य लगायत बिस्वका विभिन्न देशमा रहेका नेपाली बिज्ञहरुले प्रकोप ,महामारी र बिज्ञानमा आधारित रहेर कार्यापत्रहरु प्रस्तुत गर्नेछन् । एनआरएनए अस्ट्रेलिया डिजास्टर ,ईमरजेन्सी र प्रकोप ब्यबस्तापन टास्क फोर्सका संयोजक डा भरतराज पौडेलका अनुसार सम्मेलनमा अस्ट्रेलिया भरबाट करिब डेढ सय जनाको सक्रिय सहभागिता रहने र सो अवसरमा बिस्वभर छरिएर रहेका नेपाली बैज्ञानिक चिकित्सक र अनुसन्धानकर्ताहरुले कोरोना महामारीमा खेलेको भूमिका,ज्ञान र अनुभव साटासाट गरिने छ । नेपाल न्युजसंग कुरा गर्दै डा पौडेलले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको र सम्मेलनमा सहभागी हुन सबैसंग आग्रह गरेका छन् । सम्मेलनमा नेपाली दुताबास क्यानबेराकी उपनियोग प्रमुख द्रुपदा सापकोटा ,डा राजु अधिकारी,फेन्काका महासचीव डा कृष्ण हमाल ,एन आर एन ए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेल ,डा हेमन्त ओझा , बंदिता मैनाली , डा रुपक अर्याल,डा कुश श्रेष्ठ ,पुनम पन्त लगायतले आ आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाली दुताबास क्यानबेरा अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन ,फेडेरेसन अफ नेप्लोइज कम्युनिटी असोसिएसन अफ अस्ट्रेलिया र नेपाल साइन्स फाउन्डेसन ट्रस्टको सहकार्यमा हुने सो सम्मेलनमा कोभिड प्रकोपको बिषयमा केन्द्रित रहेर लेखिएको पुस्तक को लोकार्पण समेत गरिने छ । नेपाल साइन्स फाउन्डेसन ट्रस्टले प्रकासन गरेको सो पुस्तक डा भारत राज पौडेल ,डा रामकृष्ण निरौला र डा राजु अधिकारीद्वारा संयुक्त रुपमा लेखिएको हो । अस्ट्रेलिया ,जापान र नेपालमा रहेका प्रकोप बिज्ञहरुको सामुहिक प्रयासलाइ पुस्तकको रुप दिइएको हो । झन्डै दुइ सय पचास पृष्टको सो पुस्तकमा छ ओटा अनुसन्धानपत्र र दुइ ओटा रिभ्यु पेपर समाबेस गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्