नेभिगेशन
LEADING_MAIN

प्रवासी नेपाली एकता मंच एनएसडब्लू संयोजकमा कृष्ण सापकोटा

सिड्नी ,२६ फ्रेबअरी । सिड्नीमा बसोबास गर्दै आएका नेकपा ओली समूह समर्थित कार्यकर्ताहरुको भेलाले ५१ सदस्यीय संयोजक समिती गठन गरेको छ । कृष्ण सापकोटा संयोजक रहेको उक्त समितिको उप संयोजकमा सिताराम घिमिरे र सचिब मा शिव पौडेललाई चयन गरिएको छ । सिड्नीको रक्डेल स्थित इन्द्रेणी फंसन सेन्टरमा २१ फ्रेबुअरी आइतबार सम्पन्न सो भेलाले एन एस डब्लू को विभिन्न क्षेत्रीय टिम समेत गठन गरेको छ । जस अन्तरगत साउथ वेस्ट संयोजकमा कृष्ण गैरे ,नर्दन बीच तथा सेन्ट्रल कोस्टमा अर्जुन पौडेल ,सेन्टजर्जमा दिवाकर काफ्ले ,नर्थ वेस्टमा दिपक पहारी, वेस्ट सिड्नीमा कृष्ण निरौला, इनरवेस्टमा नारागिरि देबमांग र डब्बोमा प्रेम दाहाल लाइ संयोजकको जिम्मा दिइएको छ । सो भेलाले सस्थाको अस्ट्रेलिया च्याप्टरको महासचिब मा शिशिर नेपाल र प्रवक्तामा सन्तोष दाहाल लाई चयन गरेको छ । नेकपामा देखिएको बिबादको असर यहा पनि देखिएको छ । रमेश पाण्डेको नेतृत्वमा रहेको प्रवासी नेपालि एकता मंचले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा गण्डकी प्रदेसका मुख्य मन्त्रि पृथ्वीसुब्बा गुरुङले भिडियो कन्फरेन्स मार्फत आफ्नो मन्तब्य व्यक्त गरेका थिए । सो भेलामा सस्थाका सल्लाहकारहरु भवानी ओली ,होम पाण्डे र बिनोद श्रेष्ठ, एन आर एन का उपाध्यक्ष देब गुरुङ तथा पार्टी का सुभेच्छुक तथा सक्रिय सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमका बक्ताहरुले संगठनलाइ अझ बलियो र बिस्तार गर्न सबैले आ आफ्नी ठाउबाट लाग्नु पर्ने मा जोड दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्