नेभिगेशन
LEADING_MAIN

प्रबासी नेपाली एकता मंचले भेटघाट कार्यक्रम गर्ने

सिड्नी फेब्रअरी १७ ,२०२१ । नेपाल कम्युनिस्ट पार्टी ओली समूह निकट प्रबासी नेपालि एकता मंच अस्ट्रेलियाले फ्रेवअरी २१ तारिख आइतबारका दिन सिड्नीको रक्डेल स्थित इन्द्रेणी फंसन सेन्टरमा बृहत् भेला तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । सस्थाका अध्यक्ष रमेश पाण्डेले नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै सस्थालाई अझ मझबुत र बिस्तार गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको बताए । उनले सस्था प्रति आस्था र बिस्वास राख्ने र शुभचिन्तक हरुलाई भेटघाट कार्यक्रममा उपस्थित भएर एक्यबद्धता जनाउन समेत आग्रह गरेका छन् । कार्यक्रम आयोज कमिटिका स्वयंसेवक संयोजक कृष्ण गैरेका अनुसार कार्यक्रम बिहान १०.३० बजेदेखी अपरान्ह २.३० बजेसम्म संचालन हुनेछ । कार्यक्रममा प्रमुख अथितिको रुपमा गण्डकी प्रदेशका मुख्य मंत्री पृथ्वीसुब्बा गुरुङले भिडियो कन्फरेन्स मार्फत भेलालाई सम्बोधन गर्ने छन् । कार्यक्रममा सिड्नी लगायत ब्रिसबेन र क्यानबेराबाट समेत विभिन्न संघ सस्थाका प्रतिनिहरु तथा आयोजक सस्थाका शुभचिन्तकहरुको सहभागिता रहने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्