नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियामा हिमानी कोष गठन

सिड्नी जनवरी १० । नेपालको सामाजिक एबम् परोपकारी कार्यको क्षेत्र मा २०१० देखी कार्य गर्दै आएको हिमानी कोष अस्ट्रेलियाका शाखा स्थापना गरिएको छ । सिड्नीको रक्डेल स्थित ईन्द्रेणी फङ्सन् सेन्टरमा हिजो शनिबार आयोजित कार्यक्रममा शाखा बिस्तारको घोषणा गरिएको हो । सो अवसरमा अन्जना बस्नेत कार्कीको अध्यक्षतामा गठन भएको कार्यसमितिको घोषणा गरिएको थियो । कार्यसमितिको महासचिबमा समिम अनवर ,कोषाध्यक्षमा प्रगती राणा र प्रबक्तामा रेश्मा थापा रहेका छन । त्यसैगरी सदस्यहरुमा रचना बानिया ,रिशिकेश न्यौपाने ,अनु पाण्डे ,दीपक गौतम ,कमला बस्नेत र ईश्वर गिरीलाई चयन गरिएको छ । सस्थाको सल्लाहकारहरुमा दिनेश कुमार पोखरेल ,सम्सेर थापा ,डा रामकृष्ण निरौला ,डिला खरेल, भोमा लिम्बु र स्वतन्त्र प्रताप शाह रहेको कार्यक्रममा जानकारी दिईयो । हिमानी शाहको सक्रियतामा सन २०१० देखी सामाजिक कार्य गर्दै आएको यो सस्थाले नेपालका गरीब र बिपन्न परिवारसम्म पुगेर उनिहरुको सेवा गर्नु सस्थाको मूल ध्येय रहेको बताईएको छ । कार्यक्रममा बक्ताहरुले सस्थाको सामाजिक एबम् कल्याणकारी कार्यमा आफूहरुको सदैव साथ र सहयोग रहने प्रतिबद्दता ब्यक्त गरे । उनिहरुले हामी जहाँ जसरी रहे पनि दु:ख र बिपतमा परेका नेपालीहरुको जीवनस्तर उकास्न र जन्म भूमिको हितका लागी केही न केही गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा एन आर एन अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ ,प्रबक्ता नन्द गुरुङ ,नारी निकुन्ज अस्ट्रेलियाका संयोजक सन्ध्या शाह ,सामाजिक अभियन्ताहरु रन्जु थापा ,दिनेशराज जोशी तथा सस्थाका सल्लाहकारद्वय डा रामकृष्ण निरौला र डिला खरेल लगायतका बक्ताहरुले अस्ट्रेलियामा नेपाली संघ सस्थाहरुको संख्या बढदै गएको सन्दर्भमा स्थापना भएको यो सस्थालाई राजनैतिक गतिबिधीबाट टाढा राखेर सामाजिक कार्यमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा सस्थाकी अध्यक्ष हिमानी शाहको शुभकामना भिडियो सन्देशलाई पनि प्रसारण गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्