नेभिगेशन
LEADING_MAIN

न्युजिल्याण्डको बाणिज्य दूतमा आत्माराम खनाल

सिड्नी, ४ जनवरी । न्युजिल्याण्डको प्रसिद्ध इन्जिनियरिङ्ग फर्ममा सिनियर जिओटेक्निकल इन्जिनियरको रुपमा कार्यरत आत्माराम खनाललाई न्युजिल्याण्डको लागी अबैतनिक बाणिज्य दुतको जिम्मेवारी दिईएको छ । लम्जुङ्ग जिल्लाको भोर्लेटारका खनाल बिगत लामो समयदेखी परिवारका साथ न्युजिल्याण्ड बस्दै आएका छन् । न्युजिल्याण्डको नेपाली समाजमा सधैं सक्रिय सहभागिता जनाउदै आएका खनाल बाणिज्य दुतको जिम्मेवारी पाउनु अघीसम्म ओभरसिज नेप्लिज यूनाइटेड फोरम न्यूजिलैण्डका सभापति थिए । अवैतनिक बाणिज्य दूतमा खनालको आगमन पछी त्यहा बसोबास गरिरहेका नेपाली तथा नेपाल भ्रमण् गर्न चाहने बिदेशी नागरिकहरुलाइ सहज हुने अनुमान गरिएको छ । यसअघी श्रीमती जुन हिलारीले अवैतनिक बाणिज्य दूतको जिम्मेवारी सम्हालेकी थिईन । हिलारी सर एडमण्ड हिलारीकी कान्छी श्रीमती हुन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्