नेभिगेशन
LEADING_MAIN

कोभिड प्रभाबित नेपालीलाई एनएडिएफद्वारा राहत बितरण

सिड्नी २४ डिसेम्बर । कोभिड महामारिबाट प्रभाबित नेपालका आठ सय नौ घरपरिवारलाई नेप्लिज अस्ट्रेलियन डेमोक्र्याटिक फोरमले खाध्यान्न राहत बितरण कार्य हालै सम्पन्न गरेको छ । राहत बितरण का बारेमा जानकारी दिने उद्देश्यले २३ डिसेम्बरका दिन सिड्निमा आयोजित पत्रकार सम्मेलनमा सस्थाका अध्यक्ष सुरेन्द्र सापकोटाले राहत स्वरुप तराइका जिल्लामा चामल २५ किलो, २ किलो दाल्, खानेतेल्, साबुन्, नुन र मास्क र पहाडी जिल्लामा ३० किलो चामल र दुइ किलो दाल प्रती घरपरिवार बितरण गरिएको बताए । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार कार्तिक २३/२४ र मंसीर २६ मा पर्सा जिल्लाको क्रमश: अलौमा १ सय ५ , सुगौलीमा ३८ र १ सय २५ लक्ष्मीपुरमा २ सय ५८ दलित तथा विपन्न परिवारलाई प्रति घरपरिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नुन र मास्क वितरण गरिएको थियो । त्यसइगरी कार्तिक २८ मा जाजरकोटको भेरी नगरपालिका अन्तरगत खलंगाको गौरीखालीमा ५३ परिवार, कुटुमा ६ परिवार र पुन्याको स्याउली बजारमा ३३ घर परिवार सहित १ सय ३ विपन्न तथा गरिव परिवारलाई प्रति परिवार ३० किलो चामल र २ किलो दाल बितरण गरियो भने मंसिर ४ मा रौतहटको गरूडामा १ सय ६० दलित तथा विपन्न परिवारलाई प्रति घरपरिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नुन र मास्क वितरण गरिएको थियो । दुर्गम जिल्ला कालिकोटको मंसिर २२ मा राचुलिका १३ घरपरिवारलाई र मंसीर २३ मा मान्ममा १ सय ५० परिवारलाई प्रति परिवार ३० किलो चामल र २ किलो दाल बितरण गरिएको थियो । त्यसैगरी सस्थाले मंसीर २२ मा कालिकोटकै राचुलीमा मंसीर १३ गते भएको आगलागीबाट पिडित १३ परिवारलाई प्रति परिवार २/२ वटा स्लिपिंग ब्याग, टेन्ट र २/२ हजार नगद सहयोग गर्‍यो । त्यस्तै पुष ५ गते सर्लाही जिल्लाको चन्द्रनगर मा १ सय १५ परिवारलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नुन र मास्क वितरण गरिएको सो सस्थाले जनाएको छ । गाउँका अति नै विपन्न गरीब र दलित परिवारहरुलाई लक्षित गरी उनीहरुकै गाउ वस्तीमा पुगेर राहत बितरण गर्ने एनएडिएफको प्रायस स्थानीय बासिहरुको समन्वय,सहयोग र मेहनतका कारण सफल भएको छ सस्थाका मेडिया संयोजक प्रकाश हुमागाईले बताए । एन ए डी एफ को २० अक्टोबरमा बसेको कार्यसमितिको बैठकले आर्थिक संकलन गर्ने र नेपालका विभिन्न जिल्लामा राहत वितरण गर्ने निर्णय गरेको थियो । बैठकले सस्थाका उपाध्यक्ष हरि अधिकारीको संयोजकत्वमा एक समिति गठन गरेको र उक्त अभियानलाई एक सय १८ जना (व्यक्ति / सस्थागत ) रुपले जम्मा १२ हजार ३७ डलर १६ सेन्ट आर्थिक संकलन भएको पत्रकार सम्मेलनमा बितरित प्रेस नोटमा जनाइएको छ । सहयोग संकलन अभियान २० अक्टोबरदेखि ३० डिसेम्बर २०२० सम्म संचालन गरिएको थियो । संकलित रकममा ११ हजार ८ सय ६१ अस्ट्रेलियन डलर बराबरको राहत सामाग्री वितरण गरिएको थियो । हामीले हाम्रो जन्मभूमिलाइ अफ्ठेरो परेको बेला सानो भएपनि सस्थाको तर्फबाट यो मानवीय सहयोग गरेका हौ, आगामी दिनमा पनि सस्थाले अगाडी बढाउने यस्ता सामाजिक कार्यमा सबैको साथ र सहयोग पाउने बिस्वास सस्थाले लिएको छ - एनएडिएफका महासचिब भिष्म भण्डारीले बताए । अस्ट्रेलियाको नेपालि समुदायमा पुरानो सस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अस्ट्रेलियन डेमोक्रेटिक फोरमले आफ्नो स्थापना (1998)कालदेखि नै यहाको नेपालि समुदायको हितका लागी आफुलाई सामाजिक कार्यमा सरिक गराउदै आएको जानकारी गराउन पाउदा खुसि लागेको र अस्ट्रेलियालाई कर्मभूमि बनाएका र यस सस्थासंग प्रत्येक्ष र परोक्ष रुपमा आबद्धसाथीहरु र सुभेच्छुकहरुको सहयोगी हात र भरपर्दो साथले गर्दा नै हामीले सस्थाले लिएको उद्देस्य प्राप्तिका लागी आफुलाई अग्रपंतिमा सरिक गराउन सकिरहेका बितरित प्रेस नोटमा उल्लेख गरिएको छ । सस्थाको मूल्य र मान्यतालाई अङ्गीकार गर्दै यहाको नेपालि समाजको मात्र होइन मातृभूमि नेपालको सामाजिक शैक्षिक एबम स्वास्थ्य क्षेत्रमा बेलाबेलामा सक्दो आर्थिक तथा भौतिक सहयोग गर्दै आएको यो सस्थाले कोभिड २०१९ को महामारीबाट प्रभावित बिपन्न नेपालीहरुलाई खाद्यान्न र लत्ता कपडा उपलब्ध गराएको हो । एनएडीएफले गरेको यो राहत कार्यक्रममा पत्रकारद्वय चन्द्रकिशोर झा र जनक के सी ,नेपाल तरुण दलका महामन्त्री भुपेन्द्र शाही ,नेपालि कांग्रेस तराइ मदेश विभागका प्रमुख अजय चौरसियाको समन्वयमा सम्पन्न भएको थियो । यो अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सबै प्रति एनएडिएफले हार्दिक आभार व्यक्त गरेको छ । हामीले हाम्रो जन्मभूमिलाइ अफ्ट्यारो परेको बेला सानो भएपनि सस्थाको तर्फबाट यो मानवीय सहयोग गरेका हौ ,आगामी दिनमा पनि सस्थाले अगाडी बढाउने यस्ता सामाजिक कार्यमा सबैको साथ् र सहयोग पाउने बिस्वास सस्थाले लिएको छ जारी प्रेस नोटमा उल्लेख गरिको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्