नेभिगेशन
LEADING_MAIN

एका अध्यक्षमा भुपाल सिटौला

सिड्नी १४ डिसेम्बर । अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्स अलायन्स ( एका ) को हालै सिड्नीमा सम्पन्न पाचौ अधिवेशनले भुपाल सिटौलाको अध्यक्षतामा नयाँ कार्य समितिको गरेको छ ।अधिवेशनले उपाध्यक्षत्रयमा रामचन्द्र पौडेल ,आशिष भण्डारी र मोहन ढुंगानालाई चयन गरेको छ । त्यसैगरी सचिबमा कोमल पाठक,सहसचिबमा दिनेश खनाल, पब्लिक रिलेशन अफिसरमा चुडामणी सिलवाल र कोषाध्यक्षमा योगेन्द्र पौडेल चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा भुवनहरी पाण्डे स्रिस्टी शाह ,सुर्य खनाल , भुमी सुबेदी र बिकास भुजेल रहेका छन् । अधिवेशन समारोहमा अस्ट्रेलियाका लागी नेपालका राजादुत महेशराज दाहाल ,एन आर एन ए का पुर्व अध्यक्ष शेष घले ,उपाध्यक्ष मन के सी एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेल ,फेन्काका महासचिब डा कृष्ण हमाल ,आयोजक सस्थाका पूर्वअध्यक्षहरु बिवेक थापा र निरज श्रेष्ठ निबर्तमान अध्यक्ष पर्शुराम अधिकारी , रन्जु थापा , एन्जाका हेमन्त कफ्ले लगायतका बक्ताहरुले नयाँ कार्यसमितिलाई बधाई र शुभकामना ब्यक्त गरेका थिए । बक्ताहरुले विद्यार्थीहरुको सुनौलो भबिष्यको ख्याल गरेर यो ब्यवसायलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । उनिहरुले यो ब्यवसायमा देखिएका समस्याहरुलाई समाधान गर्न सम्बद्ध पक्षहरु बिच आपसी छलफल र अझ विश्वासको बातावरण बिकास हुनुपर्ने बताए । अधिवेशन सम्पन्न गर्नको लागी भवानी ओलीको संयोजकत्वमा बद्री अर्याल र सन्जीव पाण्डे रहेको निर्वाचन समिती गठन गरिएको थियो । दुई बर्ष कार्यकाल रहने कार्यसमितिको सबै पदमा निर्बिरोध चयन भएका हुन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्