नेभिगेशन
कला/शैली

सुदिनले ल्याए शन्देमुलक म्युजिक भिडियो

सन्चारकर्मी तथा गायक सुदिन पोखरेलले अस्ट्रेलिया बसाइका क्रममा मृत्यु नामक नया गित र म्युजिक भिडियो बजारमा ल्याएका छन । घरेलु हिंसा र मानसिक समस्यालाई मध्यनजर गरेर सुदिनले यो नया रयाप गित बजारमा ल्याएका हुन । राम नाम सत्य हो सबको यही गथ्य हो भन्दै उनले आफ्नो गितलाई पीडा र बिछोडबिच पनि प्रेम गर्न सबैलाई आग्रह गरेका छन । बिछोड र पीडा अनि अभावका कारण मानसिक तनाबमा रहेका हरुले जतिबेला जे पनि गर्नै सक्ने हुनाले यस्तो अवस्था आउन नदिन उनले रयाप गित मार्फत शन्देश दिएका छन । सुदिनले छ महिना अघि मात्र समृद्धी नामक गित बजारमा ल्याएका थिए । लामो समयपछि बजारमा ल्याएको यो गितमा मृत्यु स्वासत सत्य भएपनि आवेश र तनाबमा आएर गलत निर्णय नगर्न आब्हान गरिएको छ । नेपालमा कान्तिपुर टेलिभिजन लगायत सन्चार प्रतिष्ठानमा सन्चारकर्म गरेका सुदिनले त्यतीबेला पनि नेपालका पहिलो पुस्ताका रयापरहरु गिरिश खतिवडा र प्रणिल तिमल्सीनासँंग समेत आवाज भरेका थिए । पछिल्लो समय अस्ट्रेलियाको सीड्नीलाई कार्यथलो बनाएको सुदिन कार्यब्यस्तताका कारण पर्दा पछाडी रहेका थिए । यतिखेर पुन जुरमुराउदै सुदिनले नया शन्देशमुलक रयाप लिएर बजार तताउने प्रयास गरेका छन । उनको यो म्युजिक भिडियोको निर्देशक राज राणाले गरेका हुन भने म्युजिक भिडीयोमा भारती पौडेल तिवारीले अभिनय गरेकी छिन । https://m.youtube.com/watch?fbclid=IwAR06o3whzEyMVGh8dpyESOffbKcXFRhzkp-09ylCNU8EMMeZeryGsPwU10w&feature=youtu.be&v=5vM5n32PeDY
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्