नेभिगेशन
LEADING_MAIN

एडिलेडमा मल्टी डायनामिक

सिड्नी । छोटो समयमै घर जग्गा बिक्रि ,भाडा तथा ब्यबस्थापनमा आफ्नो छुट्टै स्थान बनाउन सफल मल्टी डायनामिक रियल स्टेटले हालै अस्ट्रेलियाको एडिलेडमा पनि आफ्नो कार्यक्षेत्र बिस्तार गरेको छ । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडमा हालै आयोजित एक कार्यक्रमका बीच उक्त रियल स्टेट कार्यालयको उद्घाटन गरियो । साउथ अस्ट्रेलियन सरकारका पूर्वसभामुख रसेल वाट्ले,साउथ अस्ट्रेलियाका लागि नेपालि कन्सुलेट जनरल दिपक धमला र मल्टी डाइनामिकका प्रमुख कार्यकारी निर्देशक मेघराज पौडेलले संयुक्त रुपमा केक काटेर मल्टी डायनामिक एडिलेडको उद्घाटन गरेका थिए । सिड्नीको इन्गालाबन (मिन्टो ) मा मुख्य कार्यालय रहेको उक्त रियल स्टेट ले सिड्नीको ओरन पार्क ,अबर्नबाट सेवा दिदै आएको छ । यसका अलवा मेलबर्न ,क्यानबेरा मा पनि यसको शाखा बिस्तार भैसकेको छ । प्रमुख कार्यकारी निर्देशक पौडेलका अनुसार अब छिट्टैनै ब्रिसबेन ,तास्मानिया र मेलबर्नमा थप शाखाहरु बिस्तार गरिने छ । एडिलेडमा बसोबास गर्ने नेपालीहरुको मागका आधारमा आफ्नो सेवा बिस्तार गरिएको सो कम्पनिले जनाएको छ । ग्राहकहरुलाई छिटो ,छरितो र गुणस्तरीय सेवा र सुबिधा दिन कुनै कसर बाकि नराखिने निर्देशक पौडेलले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्