नेभिगेशन
खेलकुद

क्यान्बेरा नेप्लिज भलिबल क्लबको गठन

सिड्नी, १ नोभेम्बेर । क्यान्बेरामा बसोबास गर्ने नेपालीहरुको सँख्या बढेसंगै त्यहा नेपाली समुदायको सामाजिक सास्कृतिक तथा खेलकुद लगायतका गतिबिधीहरुमा पनि संख्यात्मक र गुणात्मक रुपले बढीरहेको छ । यसैको पछील्लो उदाहरण बनेको छ - क्यान्बेरा नेप्लिज भलिबल क्लब । बिगत केही बर्षदेखी खेलकुदका गतिबिधी गर्दै आएका क्यान्बेराका नेपाली युवाहरुले गठन गरेको क्यान्बेरा नेप्लिज भलिबल क्लब आधिकारिक रुपमा दर्ता गरिएको छ । युबराज खनियाको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको क्लबको गठन गरिएको छ । क्लबको सचिबमा राजाकुमार के सी र कोषाध्यक्षमा जीवन थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा अर्जुन के सी मिसन थापा ,ज्ञानेन्द्र थापा र नबिन अधिकारी रहेका छन् । क्लबको टिम क्याप्टेनमा जीवन बखुन्छे र भिम छेत्री लाई तोकिएको छ भने सल्लाहकारहरुमा कुश पन्त ,दिपक हमाल ,कुमार के सी , अबिन प्याकुरेल र सुरज पौडेल रहेका छन् । यसैबीच दशै तिहारको अवसर पारेर क्लबले नोभेम्बेर ७ तारिख क्यानबेराको नर्थ रोड एक्सन स्थित एएनयू स्पोर्ट्स् मैदानमा बिहान भलिबल प्रतियोगिता गर्दै छ । प्रतियोगिता मा बिजयी टिमलाई नगद पुरस्कार शहीत ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । एक्सपोर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस र अजी फाइनान्स एण्ड होम लोनले प्रतियोगितालाई प्रायोजन गरेको छ । प्रतियोगितामा भाग लिनाको लागि टिमले २०० डलर र प्रती ब्यक्ती २० डलर तिर्नुपर्ने ब्यबस्था गरिएको छ । यस बारेमा थापा जानकारीको लागि ०४३८७५०३१८ , ०४५०३५९५५८ र ०४०२१५७७५२ मा संपर्क गर्न सकिने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।