नेभिगेशन
LEADING_MAIN

राप्ती समाज द्वारा दशै तिहार शुभकामना

सिड्नी /३१ अक्टोबर । नेपालीहरुको महान पर्व बडा दसैं र तिहारको अवसर पारेर राप्ती समाज अस्ट्रेलियाले आज सिड्नी स्थित टेम्पेपार्क मा शुभकामना आदान प्रदान तथा बार्बिक्यू कार्यक्रम गर्‍यो । कार्यक्रममा राप्ती क्रिकेट टिमका सदस्यहरुलाई अजी फाइनान्स एण्ड होम लोन र प्रिमो एजुकेशन एण्ड भिसा सर्भिसेसद्वारा सपोन्सर गरिएको जर्सी पनि उपलब्ध गराइ एको थियो । एन सि ए अन्तर्गत जारी टुर्नामेण्टमा यो टिमले पहिलो म्याच भोली जि एन आर रक्ससँग खेल्ने छ । शुभकामना आदान प्रदान कार्यक्रममा सस्थाका अध्यक्ष नरेश रेग्मी ,अजी होम लोनका बिष्णु हमाल, लगायतका बक्ताहरुले शुभकामना ब्यक्त गरेका थिए । राप्तीबाट अस्ट्रेलिया आएका नेपालीहरुलाई एकै ठाउमा ल्याएर त्यस भेगको सामाजिक तथा सास्कृतिक र कला लगयतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सन २०१७ मा स्थापित यो सस्थाले २०१८ मा राप्ती अन्तरराष्ट्रिय म्यूजिक अवार्ड कार्यक्रम गरेको थियो । उक्त अवार्ड बितरण कार्यक्रममा पन्ध्र जना कलाकारहरुलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्